नेपाल र भारतका हजारौ श्रद्धालुभक्तजनको उपस्थितीमा कलशयात्रा निकालिदै
शनिबार, ०२ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । जोगवनी –४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि देवताको मन्दिर स्थापना गरेको एक वर्ष पूरा गरेको अवसरमा ५ दिवसीय भव्य कार्यक्रम आयोजना गरी मनाउने तयारी भईरहेको आयोजक समितिको अगुवा किमी आनन्दले जानकारी दिए ।
स्थानियको श्रमदानले निर्माण गरेको उक्त मन्दिरमा गरिने कार्यक्रमको सबै श्रेय स्थानीयलाई दिँदै किमी आनन्दले पत्रकार सम्मेलन गरी वैशाख ३ गते देखि ७ गते सम्म हुने कार्यक्रमको बारेमा जानकारी गराएका छन् ।
वैशाख ३ गते पहिलो दिन बिहान ६ बजे देखि ५ हजार बढीको महिला र पुरुषहरु घोडा सहित कलश यात्रा निकाल्ने जानकारी दिए । कलशयात्रामा नेपाल भारत दुवै देशको श्रद्धालु भक्तजनहरूको सहभागिता हुने समेत आनन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पाँच दिन लगातार बनारसको प्रशिद्ध धर्मगुरु चन्द्रमान द्विवेदी जी महाराजको मुखरविन्दबाट श्रीमद् भागवत महापुराण कथा वाचन तथा धार्मिक प्रवचनको कार्यक्रम रहने जनाइएको छ ।
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको श्री कृष्ण माविमा ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) लगाएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार महायज्ञ लगाएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद किरण साह रहेका थिए...
विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि...
एजेन्सी, बैशाख १८–बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...
काठमाडौं, १७ वैशाख-धानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छिरेका अधिकांश सांसद भित्रै अड्किएका छन् । ओलीले संसदमा आफ्नो बहुमत देखाउनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए । बुधबार बिहानबाटै बालुवाटारमा...
काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरू भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन...
विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।...
काठमाडौं, माघ २३। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित...
काठमाडौं, २६ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने बताएका छन् । चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोसी राजमार्गको बुधबार अवलोकन गर्न...