मोरङको आमतोलामा टयाक्टर दुर्घटना : दुई जनाको मृत्यु , १५ घाईते

 न्यूज विराट
मोरङको आमतोलामा टयाक्टर दुर्घटना : दुई जनाको मृत्यु , १५ घाईते

विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका – ५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । वैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पताल आज दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भए दुर्घटना भएको थियो ।

दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका ३ की २० वर्षीया जानकीकुमारी माझी, ग्रामथान ५ की ४० वर्षीया किचनीवती चौधरी, रंगेली २ की सुनवर्ती चौधरी, २७ वर्षीया जितनी चौधरी, उनका छोरा ३ वर्षीय रायन चौधरी, ग्रामथान ५ की ४३ वर्षीया पूर्णसरी चौधरी, ५० वर्षीय टीकाराम माझी, विराटनगर महानगरपालिका ४ की ३५ वर्षीया सुशीला चौधरी, ५५ वर्षीय टेकनारायन माझी, ग्रामथान ५ की २६ वर्षीया अनिता माझी, ६५ वर्षीया दुखिया चौधरी, मधुराम माझी, ५० वर्षीय गुलाबचन माझी, ३५ वर्षीया रीता चौधरी, २५ वर्षीया सुनीता भगत, रीताकुमारी माझी, उनका छोरा ५ वर्षीय रितेष माझी र ग्रामथान ६ का ४३ वर्षीय सत्तुलाल माझी घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान ५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो।

सम्बन्धित समाचार

झडपको ७ दिनपछि चीनसँग झुक्यो भारत

एजेन्सी, असार ९-भारत र चीनका सेनाबीच गत १५–१६ जुनमा हिंसात्मक झपडपछि दुवै देश सो क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पाकिस्तानसहित अन्य देशसँगको सीमा विवादमा आक्रामक रवैया अपनाउने...

मिल्स फार्क नकआउट फुटबलको उपाधि रेडस्टारलाइ

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।जितसंगै रेडस्टारले ५१ हजार...

व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र : डिआइजी सुदीप गिरी

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र बन्दै गएको बताएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सको बुधबार उद्घाटन गर्दै...

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग

काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ (पृथ्वी जयन्ती) मा...

प्रदेश १ को बजेट ४२ अर्ब २० करोडको (हेर्नोस् पूर्णपाठ )

  बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । चालु...

शशांकको समर्थन पनि देउवालाई

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलपछि कोइरालाले देउवालाई समर्थन गर्ने भएका हुन् । नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि...

विराटनगरको जनरल हस्पिटल आफ्नै भवनमा संचालन, यस्ता छन् सेवाहरू

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आएको छ । नयाँ भवनको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधबार उद्घाटन गरेपछि संचालनमा आएको हो...

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

काठमाडौं, १२ साउन-अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्