ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससी विराटनगरको पहिलो जित

 न्यूज विराट
ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससी विराटनगरको पहिलो जित

विराटनगर । एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

आज विराटनगर जुट मिलमा भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी विजयी भइ २ अंक जोड्यो ।

२२२ रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिमले १९ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय ९५ रनमा सिमित भयो । सुदुरपश्चिमका दिपक बोहोराले ४७ बलमा ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ५ छक्का र ९ चौका हिर्काए । नरेशले ३ छक्का र २ चौक्का हिर्काउँदै २७ पारी खेल्दा हेमन्त धामीले २२ रनको योगदान दिए ।

बलिङमा एनबीएससीका अनुभव श्रीवास्तवले ४ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । एमडी शेख, मेहिङ कुमारले समान २–२ विकेट लिए ।

यसअघि एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २२१ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीको पहिलो जितमा राहुल चौधरी र शतिस कुमारले बिस्फोट ब्याटिङ गरे । म्यान अफ द म्याच पनि घोषित भएका राहुलले २२ बलमा ६ छक्का, ६ चौका हिर्काउँदै ७३ रनको अर्धशतकीय ईङनिङ खेले । सतिशले ३३ बलमा ४ छक्का र ६ चौका हिर्काउँदै ५७ रनको अर्धशतकीय ईङनिङ खेले । अनुभव श्रीवास्तवले ३२ बलमा ४७ रनको योगदान दिए । उनले ६ छक्का र १ चौका हिर्काए ।

बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ज्ञानेन्द्र बोहरा र सुमितले समान २–२ विकेट लिए ।

शुक्रबार पहिलो खेल एनबीएससी विराटनगर र दिल्लीबिच हुनेछ । दोस्रो नेपाल पुलिस र एनबी गु्रपु सुदुरपश्चिम बिच हुनेछ ।

म्यान अफ द म्याच हुने खेलाडीहलाई पुरस्कार दिदै ।

सम्बन्धित समाचार

मोरङ ४ मा कडा प्रतिस्पर्धा, तेस्रो पटक संसद छिर्ने मोदीको दाउ, जितको खोजीमा ढकाल

विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान...

आज १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ सय २३ को पीसीआर गर्दा आज १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

मैथिली लोक संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान गरेका पूर्वसांसद नेपाली सम्मानित

विराटनगर, २५ पुस । राष्ट्रियसभाका पूर्वसांसद तथा दलित आन्दोलनका शिर्ष नेता खेम नेपाली सम्मानित हुनुभएको छ । मैथिली लोक, कला तथा भाषा संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सांसद नेपालीलाई अप्पन विराटगढ परोपकार समाजले...

रतुवामाईका थप एक जनामा कोरोना, एक जनाको आरडिटि पोजेटिभ

विराटनगर, जेठ ९–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनामा आरडिटि पाजेटिभ देखिएको छ । शुक्रबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाई नगरपालिका–२ घर्रु चोकका ४१...

विराटनगरमा २४ सहित प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ...

काेराेनाविरुद्ध २० लाख भ्याक्सीन तयार : अमेरिका

एजेन्सी, जेठ २४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेभिड-१९ संक्रमणबाट बच्नका लागि आफ्नो देशले २० लाख भ्याक्सीन बनाएकाे दाबी गरेका छन् । भ्याक्सीन प्रयाेग गर्नका लागि तयार भइसके पनि वैज्ञानिकबाट प्रमाणित हुन बाँकी रहेकाे उनकाे भनाइ छ...

विराटनगरमा फागुन २२ गतेदेखि महिला क्रिकेट हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो “इक्युवालिटि कप क्रिकेट २०२४” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्