
कोशी अस्पतालबाट एक जना कैदी फरार
विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ ।
महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको बताए ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग लाग्नुका साथै सहरको सौन्दर्यतामा समेत ह्रास आएको उनको भनाइ थियो । “महानगरले सरसफाई अभियान पनि सञ्चालन गरिरहेको छ । सफाईका क्रममा नाला सफा गर्दा ७० प्रतिशत सुर्तीजन्य पदार्थका खोलहरु भेटिएको छ,” बस्नेतले भने, “महानगरले सुरु गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।”
मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताए । उनले महानगरले लागू गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गरे कानुनीले तोकेको कारबाही हुने प्रजिअ भट्टराईको भनाइ थियो । “महानगरले सुरु गरेको यो अभियान अत्यन्तै राम्रो छ, यसमा सबैले साथ दिनुपर्छ,” उनले थपे, “यदि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा कानुनले तोकेअनुसारको कारबाही हुनेछ ।” उनले अभियानलाई प्रशासनको तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
महागरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु, बसपार्क र बसहरुमा सुर्तीजन्य पदार्थ गर्न पाइने छैन ।
“नगर सभाले गरेको निर्णयलाई वैशाख १ गतेबाट कडाइका साथ कार्यान्वयनमा ल्याउँदैछौं,” उनले भने, “आजको कार्यक्रममा आदरणीय मेयर साब र उपमेयर साब सहभागी हुन सक्नु भएन । उहाँहरु विदेशी दातृ निकायहरुसँग छलफल गर्न काठमाडौंमा हुनुहुन्छ ।
उहाँहरुको तर्फबाट पनि म शुभकामना व्यक्त गर्दछु ।” कसैले सेवन गर्न चाहेमा सुरक्षित तबरले अरुलाई हानी नहुनेगरी सेवन गर्न सक्ने उनको भनाइ थियो । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले महानगरवासीलाई जानकारी दिने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको जानकारी दिए ।
प्रभातफेरीमा विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ५ सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १४ का सूर्यनारायण महतोका साथै कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, महानगरका महाशाखा र शाखा प्रमुखहरु, विभिन्न कलेज, विद्यालय, नर्सिङ कलेज, हेल्थ कलेजका विद्यार्थीका साथै जनपद प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको समेत सहभागिता रहेको थियो ।
aमेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने बताउँदै आएका छन् । उनले विराटनगर सबैको भएकाले व्यवस्थित बनाउन महानगरवासीलाई सहयोग गर्न पटक–पटक आग्रह गर्दै आएका छन् ।
विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...
पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स...
विराटनगर । काठमाण्डौको आइटीको क्षेत्रमा चर्चित टेकस्पायर कलेजले विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि छावृत्ती प्रदान गरेको छ । टेकस्पायर कलेजले शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि शुक्रबार ५० लाख बरावरको छात्रवृत्ती प्रदान गरेको हो । उक्त छात्रवृत्ती...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै नै कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारत...
विराटनगर, १० चैत । एक वर्षको अवधिमा प्रदेश १ मा क्षयरोगबाट एक सय १३ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा मंगलबार ग्लोबल फन्ड, नेपाल सरकारको सहयोग र सेभ द चिल्ड्रेनको आयोजनामा...
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...
विराटनगर । विराटनगरका चर्चित डाक्टर कैलाश श्रेष्ठले विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटलबाट सेवा सुरु गरेका छन् । नाक, कान, घाटीका सिनियर कन्सलटेन्ड डा. श्रेष्ठले आइतबारदेखि मकालु एभरेष्ट हस्पिटलमा स्वास्थ्य सेवा सुरु दिन थालेका हुन् । आइतबार...
काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.