विराट व्यापार संघका अध्यक्ष खत्रीसहित चार जना सम्मानित
बुधबार, २९ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहित चार जना सम्मानित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारण सभाको अवसर पारेर बुधबार खत्रीसहित चार जना सम्मानित भएका हुन् । विराट व्यापार संघका अध्यक्ष समेत रहेका खत्री विराटनगर–५ स्थित चामुण्डा गार्मेन्ट उद्योग संचालक पनि हुन् । नेपालमै उत्पादन गरेको सामान नेपालमै विक्री वितरण गर्ने चामुण्डा गार्मेन्ट उद्योगले १ सय भन्दा बढि व्यक्तिलाई रोजगार उपलब्ध गराएको कारणले नेपाल घरेलु तथा साना उद्योग संघले उनलाई सम्मान गरेको हो । यस्तै उद्यमी र स्वरोजगारको क्षेत्रमा उल्लेखिनय योगदान पु¥याएको भन्दै विराटनगरस्थित तबस्सुम ब्युटी पार्लर एण्ड इन्च्यिुटका संचालकसमेत रहेकी सायदा तबस्सुमलाइ पनि सम्मान गरिएको छ । खाद्यन्य उद्योगबाट पथरीमा रहेको न्यू गोर्खाली उद्योगका संचालक तुलसी ढकाल र सेवा मुलक उद्योगबाट विराटनगर १० मा रहेको पोखरेल कुटनी पिसानी मिलका संचालक यामुना पोखरेललाई सम्मान गरिएको छ । सम्मानि तसबैलाई कोशी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
धनगढी, ११ जेठ-कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया...
काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...
विराटनगर, १६ कात्तिक । विराटनगरमा करीब साढे तीन लाख रुपैयाँ बराबरको पटाका नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट ल्याइएको तीन लाख ३४ हजार ८ सय रुपैयाँ मुल्य बराबरको पटाका नियन्त्रणमा लिएर नष्ट...
जनकपुर, ३ भदौ-प्रदेश २ मा थप ३ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै...
काठमाडौं, २५ जेठ-जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टी १३९२ नम्बरमा आइतबार साँझ आयोगमा दर्ता भएको हो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई बनेको पार्टी...
काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका संघसंगठन तथा पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या,...
विराटनगर । भ्रष्टचारीलाई कारवाहीको माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगर मोरङले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई...