ऋचा मेमोरियल टी–२० क्रिकेट : लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा

 न्यूज विराट
ऋचा मेमोरियल टी–२० क्रिकेट :  लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा

विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट २३ रनले जित हात पारेको हो ।

दोस्रो जितसँगै आर्मी समूह ‘क’ बाट ४ अंक बनाउँदै रनरेडको आधरमा फाइनलमा पुगेको छ ।

एपीएफले दिएको १५९ रनको लक्ष्य आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदा १५१ रन बनाउँदा डिएलमेथडको आधारमा २३ रनले जित निकालेको हो । जसमा आर्मीका रमेश भट्टले २९ बलमा ४१ रन बनाए । उनले ५ चौका १ छक्का हिर्काए । सन्दिप रिजालीले १५ बलमा ११ रन बनाए । राजेश पुलामीले २६ बलमा अविजित ४९ रन बनाए । उनले ६ छक्का र १ चौक्का हिर्काए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । दिनेश भण्डारीले अविजित २१ बलमा २६ रन बनाए । एक छक्का र ४ चौक्का हिर्काए ।

बलिङमा एपीएफका तिलोक महराले २ आभेरमा २० रन खर्चेर २ विकेट लिए । कृष्ण कार्कीले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । अमरसिंह रौटेलाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए ।

यसअघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १५८ रन बनाएको थियो । प्रदिप एरिले ४१ बलमा १ छक्का र ६ चौका हिकाउँदै ४३ रन बनाए । अमरसिंह रौटेलाले २३ बलमा अविजित ४२ रनको योगदान दिए । उनले २ छक्का र ५ चौक हिर्काए । अरुण एरिले १६ बलमा २३ रन बनाए । २ छक्का र १ चौका हाने । पूरुण विकेले अविजित १३ बलमा १४ रन बनाउँदा सरप भेस्पकरले ११ रनको योगदान दिए ।
बलिङमा आर्मीका सुमित श्रेष्ठले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । हरी चौहानले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिए ।
बिहीबारबाट समूह ‘बी’बाटे लिकको आधारमा खेल हुनेछ । पहिलो खेल दिल्ली युनिाईटेड र बिगाभीय टिम नेपाल पुलिस बिच हुनेछ । सोही दिन दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबीएससी विराटनगरबीच हुनेछ ।

सम्बन्धित समाचार

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय सदस्य झलनाथ खनालले आउँदो चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने दाबी गरेका छन् । बुधबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...

सुनसरीमा कोरोना सक्रमितको संख्या ४ सय ८५ पुग्यो

विराटनगर, ९ भदौ–सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १...

कोरोनाविरुद्धको नयाँ खोप ३ सय जनामा परीक्षणको तयारी

एजेन्सी, असार ११-बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षणको तयारी गरिएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेकालाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया सुरु गरिएको वैज्ञानिकहरुले बताएका छन् । परीक्षणमा सहभागी हुने...

मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता...

प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गयो

विराटनगर, १२ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो। प्रदेश १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्