महानगर प्रवेश गर्ने मुख्य सडकका बिजुलीको पोलमा रंग लगाउन सुरु

 न्यूज विराट
महानगर प्रवेश गर्ने मुख्य सडकका बिजुलीको पोलमा रंग लगाउन सुरु

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले बिजुलीको पोलमा रंग लगाउन सुरु गरेको छ ।
विराटनगरलाई सफा र व्यवस्थित बनाउने अभियानअन्तर्गत बिजुलीका पोलमा रंग लगाउन सुरु गरिएको मेयर नागेश कोइरालाले बताए । विराटनगर–७ हाटखोलाबाट बिजुलीको पोलमा रंग लगाउन सुरु गरिएको छ । पोलमा ह्वाइट सिमेन्टपछि इनामेल लगाइनेछ ।

यसरी रंग लगाएको पोललाई नम्बरिङसमेत गरिनेछ । रातिको समयमा सवारी साधनको हेडलाइट पर्दा टल्किने र पोलमा ठोक्किएर हुने दुर्घटनामा कमी आउने मेयर कोइरालाको भनाइ छ । “विराटनगर प्रवेश गर्दा म महानगरभित्र छिर्दैछु भन्ने जो कोहीलाई आभास होस् भन्ने हाम्रो उद्देश्य रहेको छ,” कोइरालाले भने, “यसले महानगरको सुन्दरता बढ्नुका साथै पोलमा ठोक्किएर हुने दुर्घटनाको जोखिम कम हुन्छ ।”
अबदेखि पोलमा पोष्टर टाँस्नसमेत प्रतिबन्ध लगाइएको महामनगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । जथाभावी पोलमा पोष्टर टाँस्दा र झुड्याउँदा सहरको सुन्दरतामा समेत ह्रास आएको छ । पोलमा पोष्टर टाँस्नेलाई जरिवाना गरिने कोइरालाको भनाइ छ ।

सम्बन्धित समाचार

उद्योग संगठन मोरङको नवनिर्वाचि कार्यसमितिको पदस्थपान

विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य...

टि–२० क्रिकेट प्रतियोगिता, मोरङ र आयोजक मिल्स क्रिकेट विजय

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ ।विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर...

उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना...

‘हामी सबैको रहर शिक्षित, सफा सुन्दर र सुरक्षित र सक्षम विराटनगर’

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित ,सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ। महानगरपालिकाले आज सार्वजनिक गरेको बजेटसँगैको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगर...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ साउन-आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।...

एसईईको नतिजा अर्को साता

काठमाडौं, २२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले...

सौन्दर्य कला ब्यवसायी संघ विराटनगरमा गठन, अध्यक्षमा जुली प्याकुरेल

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा आज भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिबमा हिरा प्रधान र कोषाध्यक्षमा...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्