महिला र छात्राहरुलाई १८ वटा साइकल वितरण

 न्यूज विराट
महिला र छात्राहरुलाई १८ वटा साइकल वितरण

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगरले महिला र छात्राहरुलाई साइकल वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले १८ जना महिला र छात्राहरुलाई साइकल वितरण गरेको हो ।

रोजगारीका लागि काममा जान सहज होस भनेर विपन्न परिवारका महिलाहरुलाई साइकल वितरण गरिएको क्लबले जनाएको छ । त्यस्तै विद्यालय तथा कलेजमा अध्ययन गर्ने छात्राहरुलाई यातायातका लागि साइकल हस्न्तरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

साइकल रोटरी क्लबका गभर्नर जितेन्द्रबहादुर राजभण्डारीको उपस्थितिमा क्लबले महिला सशक्तीकरणका लागि विपन्न महिला तथा छात्राहरुलाई १८ वटा साइकल वितरण गरेको हो । लभान्वित हुने महिला र छात्राहरु चित्रगुप्त समाज कल्याण परिषद तीनटोलीयाको सहजिकरणमा छनौट गरिएको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...

आजकाे माैसम : पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाकाे सम्भावना

काठमाडौं, ५ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

बालुवाटारमा दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, र मन्त्रीहरूको उपस्थितिमा आज साँझ ७ बजे दीप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालयपरिसरमा बुधबार अक्षरारम्भ र चित्रकला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको हो ।कक्षा यूकेजी देखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुले...

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै...

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २५ जेठ-जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टी १३९२ नम्बरमा आइतबार साँझ आयोगमा दर्ता भएको हो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई बनेको पार्टी...

कोशी प्रदेशममा मन्त्रीपरिषद् विस्तार, थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्