पोखरीया स्कुलमा भर्ना हुन प्रवेश परीक्षा, ४ सयको कोटामा १८ सय ५३ विद्यार्थीले दिए इन्ट्रान्स
शनिबार, २५ चैत, २०७९,
न्यूज विराट
विराटनगर । नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन मस्किल परिरहेको छ । तर, विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयलाई भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा (इन्ट्रान्स) को सहारा लिनुपरेको छ । निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड थेग्न पोखरीयालाई सकस परेको छ ।
पोखरीयाले निजी बोर्डिङ स्कूललाई शैक्षिक गुणस्तरमा चुनौति दिएका छन् । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यिनी सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन ठूलै पापड बेल्नुपर्छ ।
विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिन थालेका छन् ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण यो विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् ।
अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढी भएपछि प्रवेश परीक्षा लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक खेमराज भट्टराईले बताए । ‘यहाँ पढ्न चाहनेजति सबैलाई भर्ना गर्न सक्ने स्थिति नै हुँदैन, विद्यार्थीको चापका कारण प्रवेश परीक्षा लिएर त्यसको रिजल्टका आधारमा मात्रै भर्ना लिन थालेका हौंं,’ प्रअ भट्टराईले भने, ‘प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्नेलाई जो कसैले भनसुन गरे पनि भर्ना लिन्नौं ।’
अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन शनिबार एक सय पूर्णांकको प्रवेश परीक्षा नै लिएको छ । विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि कक्षा ९ सम्म ४ सय विद्यार्थी भर्ना लिने तयारी गरेको छ । त्यसका लागि निजी विद्यालय छाडेर आएका १ हजार ८ सय ५३ जना बालबालिकाले छनोटमा पर्नलाई परीक्षा दिएका छन् । तीमध्ये १ हजार ४ य ५३ जनाले भर्ना पाउने स्थिति नभएको विद्यालयका प्राचार्य भट्टराईले बताए ।
प्रवेश परीक्षा दिने सबैलाई विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिका आधारमा भर्ना लिन सम्भव छैन । विद्यालय प्रशासनका अनुसार आवश्यकताअनुसार प्रवेश परीक्षा उत्तीर्ण नभएका विद्यार्थीको भर्नाका लागि मन्त्री, दलका नेता र जनप्रतिनिधिको दबाब थेगी नसक्नु हुन्छ । त्यसैले रिजल्ट टाँसेर एक सातासम्म शिक्षकहरू मोबाइल स्विच अफ गरेर बस्न बाध्य हुन्छन्छन् ।
प्राचार्य भट्टराईका अनुसार ६ कक्षामा ८० नयाँ विद्यार्थी भर्ना कोटामा ४ सय ७ जनाले प्रवेश परीक्षा दिएका छन् । कक्षा ७ को १२० कोटामा ४५५ जना, कक्षा ८ मा १२० कोटामा ४५५ र कक्षा ९ मा ८० कोटामा ४४० जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । आइतबार २, ३, ४, ५ र प्राविधिक विषयको लागि कक्षा ९ मा नयाँ भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा तोकिएको विद्यालयले जनाएको छ । ३३८ जना कोटाको लागि ८२४ जना विद्यार्थीले फारम भरेका छन् ।
यो विद्यालयले २०७० देखि नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेर एसईईको नतिजा उत्कृष्ट दिएपछि निजी विद्यालय छाडेर भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको हो । विद्यालयले व्यवस्थापन पक्ष र शिक्षण विधिमा सुधार ल्याएर पठनपाठन गराउँदा विद्यार्थीको आर्कषण बढेर कोटा निर्धारण गर्नुपरेको प्राचार्य भट्टराईको भनाइ छ । अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यालयको एसईई नतिजा उत्कृष्ट छ । उनका अनुसार प्लस ए, ए र प्लस बी मात्र होइन् । यो विद्यालयबाट हालसम्म ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
विराटनगर । यस बर्षको राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम बिराटनगरमा गर्ने तय भएको छ । चैत्र २० गते हुने उक्त कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।कार्यक्रमलाई भव्य बनाउन...
विराटनगर, ८ साउन–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष,...
काठमाडौं, ३० वैशाख-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेसा र व्यावसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानुनी जटिलता व्यहोर्नु नपर्ने बताएका छन् । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र...
विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा १० पोका कपडा बरामद गरेको छ ।आइतबार विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको १० वटा पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान...
काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...
विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् ।मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत...
विराटनगर, ८ साउन । भारतको बथनाहदेखि विराटनगरसँगै जोडिएको मोरङको कटहरीसम्म रेल्वे मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रेल्वे मार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ । दुई मुलुकबीचको प्रशासनिक काम...
विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...