कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, ७ वर्षीय बालकको मतिष्कमा गाडिएको हड्डी निकाल्न सफल
आइतबार, १९ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ ।
मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो ।
अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको चिकित्कीय टिमले राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्टी ढेड घण्टा शल्यक्रिया गरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ ।
राजभार खेल्ने क्रममा दुई हप्ता अगाडी टाउकोमा बाँसको भाटाले लागेर गम्भिर चोट लागेको थियो । आर्थिक अवस्था नाजुक रहेको राजभार परिवारले उपचार गर्ने खर्च नभएपछि झण्डै एक हप्ता घरमै बलवीरलाई राखे । बलवीरको टाउको दुखेर असय पीडा हुन थालेपछि मात्रै ठुला बुवा उमेश राजभारले ५ चैतमा कोशी अस्पतालको ओपीडिमा लिएर आए । जव अस्पतालका न्यूरो सर्जन डा. चन्द्र यादवले राजभारको टाउमा लागेको चोट हेरे उनी चकित भए । चोट लागेको एक हप्तापछि अस्पताल लिएर आएका थिए । जनमिस्त्री गरेर पाँच जनाको परिवार पाल्दै आएका दिनेशसँग छोराको उपचार गर्ने खर्च नभएको कारणले उपचार गर्न ढिलो आएको ठुला वुवा उमेशले चिकित्सकलाई बताए । त्यसपछि अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गर्ने घोषणा गरिदिएको कोशी अस्पताल विकास समितिको सदस्य मुकेश बुढाथोकीले बताए । त्यसलगतै अस्पतालका न्यूरो सर्जन डा. यादवको नेतृत्वको टोलीले राजभरको ढेड घण्टा लगाएर सफल शल्यक्रिया गरेको छ । ‘बाँसले लागेर टाउको हड्डी फुटेर मतिष्क भित्र गाढिएको सिटी स्कायन गरेपछि थाहा भयो । त्यसपछि शल्यक्रिया गरेर गाढिएको हड्डी निकालेका छौं,’ डा. यादवले भने, ‘ अहिले ठिक ठाउँमा आएको छ । विरामीको अवस्था सुधार भइरहेको छ । ’ शल्यक्रिया गरिएको दशदिनपछि विरामी बलवीरलाई सोमबार डिस्चार्ज दिने तयारी गरिएको उनले बताए । ‘विरामीलाई अहिले खान, बस्न र हिडडुल गर्न सक्ने भएका छन् । शल्यक्रियापछि क्रमिक रुपमा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको हो,’ डा. यादवले भने । बालककोे उपचार गरिरहेका चिकित्सक यादवका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्जको तयारी गरिएको हो ।
यस्तो विरामीको उपचार जतिसक्दो चाँडै नगरे छारेपन आउने सक्ने सम्भावना बढी हुने उनले बताए । ‘रगत जम्न सक्ने हुन्छ । भोलीको दिनमा बच्चाको एक साइट खुट्टहरू कमजोर हुनसक्छ । त्यसले गर्दा चाँडै शल्यक्रिया गरिनुपर्ने हुन्छ, र त्यो मतिष्कमा गाढिएको हड्डी निकाल्नुपर्ने हुन्छ,’ डा. यादवले भने ।
टाउँको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट सह प्राडा रविन राज सिंहले बताए । ‘यसअघि अस्पतालमा टाउकोको सिस्टहरू निकाल्ने गरिएको थियो । अहिले टोउको खोलेर मतिष्कमा गाढिएको हड्डी निकाल्ने शल्यक्रिया यो कोशी अस्पतालमा पहिलो हो,’ उनले उनले भने, ‘अहिले सफल शल्यक्रिया पनि भएको छ ।’ काशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए ।
न्यूरो सर्जन डा. यादवले उपचार गरेपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि ठुला बुवा उमेश हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हास्न र बोल्न सक्ने भएको छ । १० दिनको उपचारपछि सोमबार डिस्चार्ज हुने भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बाँच्दैनन जस्तो लागेको थियो । छोराले नयाँ जीवन पाएका छन् ।’ राजभर परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।
अस्पताल विकास समिति सदस्य बुढाथोकीले कोशी अस्पतालको सेवा सुधारमा लागी परेको बताए । ‘अहिले न्युरो सर्जरी सेवा सुरु भएको छ,’ उनले भने, ‘केही दिनमा एनआइसियू सेवा पनि सुचारु हुनेछ ।’ पुरानो आइसियुमा एनआइसियू सेवा सुरु गर्ने तयारी गरिएको उनले बताए ।
बागलुङ, १० जेठ-बागलुङ नगरपालिका-२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहस सकिएपछि...
विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...
विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा आयोजित बिजनेस आइडिया कन्टेस्टू प्रतियोगितामा मेरिल्याण्ड कलेजका विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन् । नेप्लिस इन्ट्रिप्रेन्युअर्स फोरम विराटनगर च्याप्टरद्वारा शनिबार उद्योग संगठन मोरङमा आयोजित प्रतियोगितामा मेरिल्याण्ड कलेजका बिबिएस...
विराटनगर, १७ जेठ-सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ वर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामी रहेका...
विराटनगर । मोरङको कटहरीमा जारी प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुनसरीको खनारको फाइभस्टार क्लब र इटहरीको श्री शान्ति युवा क्लब विजयी भएको छ ।कटहरी गाँउपालिका ५ को खेलमैदान बिहीबार भएको पहिलो खेलमा बुढीगंगा गाउँपालिकाको...
विराटनगर, २४ जेठ । प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो २ बजेका लागि प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा (एमाले) को असन्तुष्ट पक्षले असहयोग गर्ने आशंकाका बीच...
विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...
विराटनगर । विराटनगर जुटमिलको खेलमैदानमा जारी तेस्रो मिल्स क्रिकेट प्रतियोगितामा भारत बिहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । पूर्णियाले दिएको १३० रनको लक्ष्य होराइजनले १०.४ ओभरमा १...