मिल्स क्रिकेट प्रतियोगिता : मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी
शनिबार, १८ चैत, २०७९,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको समसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो ।
पाहुना टोली कानपुरले दिएको ९८ रनको विजय लक्ष्य घरेलु टिम विराटनगरले १० ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीका लागि विराटनगरका अनुभव श्रीवास्तवले २५ बनाए । विधान गोस्मीले २२ रन र विपिन श्रवणले १९ रनको योगदान दिए । कानपुरका निकासन कसेबले ३ विकेट, हिमान्सु पाठक र मन्दिप यादवले समान १ –१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कानपुरले १७ ओभर ३ बलमा १० विकेट गुमाई ९७ रनमा अलआउट भयो । कानुपुरका हिमान्सु पाठकले ३३ रन, दिपम कुमारले ११ रन र मन्दिप यादवले १२ रन बनाए । विराटनगरका प्रशान्त कुमारले ३ विकेट लिए भने रन्जित कुमार र अनिमेषले समान २–२ विकेट लिए । म्यान अफ द म्याच विराटनगरका अनुभव श्रीवास्तव घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा कटहरी त्रिकेट क्लबलाई ५८ रनले स्तब्ध बनाउँदै मिल्स एकेडेमी विराटनगर क्वाटरफाइनलमा पुगेको छ । शनिबार दिउँसो वर्षा परेपछि दुवै टिमको सहमतिमा ५ ओभरमा खेल भएको थियो ।
टस जितेर ब्याटिङ रोजेको मिल्स एकेडेमीले ५ ओभरमा ४ विकेट गुमाइ १ सय रनको योगफल खडा गरेको थियो । मिल्सका अभिनन्दन कुमारले ३६ रन बनाए । मोहित चन्दनले १९ रनको योगदान दिए ।
कटहरीका अमलन यादवले ३ विकेट लिए । पंकज कुमारले १ विकेट लिए ।
१ सय १ रनको विजय लक्ष्य पछ्याएको कटहरीले ५ ओभरमा ५ विकेट गुमाइ ४३ रनमा सिमित भयो । कटहरीका सम्राट राईले २४ रन, पंकज कुमारले १६ रन बनाए । मिल्सका तानिस कुमारले २ विकटे र विकास लोनियाले १ विकेट लिए । म्यान अफ द म्याच मिल्सका अभिनन्द कुमार घोषित भए । आइतबारको पहिलो खेल होराइजन क्रिकेट क्लब र वाइआरसिस क्रिकेट क्लब विराटनगरबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल मिल्स क्रिकेट एकेडेमी र एनबीएससी विराटनगर बिच हुनेछ ।
विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन्। कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको...
विराटनगर । रााष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ्ग निर्विरोध निर्वाचित भएकी छिन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनले सुब्बालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । मंगलबार सम्पन्न भएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् । ‘मलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु । तर, आउँदो...
विराटनगर, १६ असोज–मोरङका पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । निशानदेवी मिडिया प्रालिले कोरोना माहामारीकाबिच पनि अग्रपंक्तिमा रहेर खटिने जिल्लाका तीन दर्जन पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । निशानदेवी मिडिया प्रालिले एक कार्यक्रमकाबिच...
विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...
विराटनगर, साउन १९–प्रदेश १ का एक उच्च पादधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ घर भएका प्रदेशका एक उच्च पदाधिकारी सहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । उनीसहित उनकी श्रीमती र छोरालाई...
विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक...
जनकपुर, ३ भदौ-बुधबार पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज रेशमकोठी बस्ने ४० वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनी विगत ४ दिनदेखि वीरगन्जकै...