मिल्स क्रिकेट प्रतियोगिता, विराटनर र नरपथग्राम क्वाटरफाइनलमा
शुक्रबार, १७ चैत, २०७९,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसीसी विराटनगर र भारतको नरपथग्राम क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलमा शुक्रबार भएको पहिलो खेलमा वाइआरसीसी विराटनगरले सुनसरी ११ क्रिकेट क्लबलाई ८ विकेटले निराश बनाउँदै विराटनगर क्वाटरफाइनलमा पुगेको हो ।
टस जितरेर ब्याटिङ रोजेको सुनसरीले निर्धारित २० ओभरमा १० विकेट गुमाइ १०२ रन बनाएका थिए । जसमा सुनसरीका गौरव कटुवालले ३० रन बनाए । रविनले मण्डलले १७ रनको योगदान दिए । भुपाल लुईटलेल १३ रन बनाए । बलिङतर्फ वाइआरसीसी विराटनगरका हेमन्त धामीले, कमल खत्री र सवर्ण यादवले २–२ विकेट लिए । १०३ रनको बिजय लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा २ विकेट गुमाइ सो लक्ष्य भेट्टयाएको थियो । जसमा विराटनगरका मुकेश शर्माले ४३ रनको योगदान दिए । दिलिप नाथले ३७ रन बनाए । दिपक पासवनले १७ रनको योगदान दिए ।
बलिङतर्फ सुनसरीका संजिव तिम्सिना र प्रकाश कार्कीले १–१ विकेट लिए । म्यान अफ द म्याच वाइआरसीसी विराटनगर मुकेश शर्मा घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा भारतको पूर्णियालाई ९ विकेटले हराउँदै नरपथग्राम क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ ।
निर्धारित २० ओभरमा ९ विकेट गुमाइ पुर्णियाले १७० रन बनाएको थियो । जसमा पुर्णिायाका भास्कर दुधेले ७६ रन बनाए । मनकुमारले ३३ रनको योगदान दिए । शिखर सिंहले १८ रन बनाए । बलिङ्गतर्फ नरपथग्रामका रबनाकुमारले ३ विकेट, साहिन कुमारले २ विकेट लिए ।
१७१ रनको विजय लक्ष्य पछ्याएको नगरपथग्रामले ७ ओभरमा १ विकेट गुमइ सो विजय लक्ष्य भेटेका थिए । नगरपथ ग्रामका अभिषेक पाठकले उत्कृष्ट ब्याटिङ गरे । २७ बलमा १ सय १० रन शतक ईङनिल खेलेर बनाएर उनी अविजित रहे । उनले १४ छक्का, ६ चौका प्रहार गरेका थिए । भानु आन्नदले २३ रन बनाए । उनले सन २०१४ मा आइपिएल खेलाडी पनि हुन् । पुलिस कुमारले १६ रन बनाए । म्यान अफ द म्याच अभिषेक पाठक घोषित भए ।
काठमाडौं, असार ७ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई अकैध घोषणा र कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...
विराटनगर । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बिओपी सिक्टीले मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारीबाट पेस्तोलसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
काठमाडौँ, ४ मंसिर । निकै तामझामका साथ उद्घाटन गरिएका पतञ्जलीका दुवै भारतीय टेलिभिजन च्यानल नेपालमा प्रशारणको इजाजतै नलिएका पाइएको छ । हिजोमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गर्नुभएका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई...
विराटनगर २ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा दुई सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम,...
विराटनगर । विराटनगरको मुनालपथ अगाडी सुरू भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमले बिजय दशमी र शुभ दिपावलीलाई लक्षित गरी सुरू गरेको मेलामा...
विराटनगर, २७ साउन–प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १÷१ जनामा...
विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ । विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार...
काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...