सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले ६ दशकपछि उपाधि उचालेको हो ।
२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।
विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो ।
जितको लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।
खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको सुरुवती अग्रता दिलाए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । ७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए । बिमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।
फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रुपको पुरस्कार पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधरी भर दुई गोल गरेका थिए । बेस्ट फरवर्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ्ग घोषित भए । बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा एवार्ड पाउनेहरूले जनही २५÷२५ हजार रुपैयाँ पाए ।
फाइनल खेलको २१ औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर फाले । पहिलो हापमा केरला एक गोलले पछि परेपछि दबावमा परेको थियो । पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाले बराबरीमा ल्याउने अवसर खेर गयो । ४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्र्टमाथिबाट बल बारियो । ४३ औ मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबोट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिदा गोल गर्ने अवसर खेर गयो । खेलको ७४ औं मिनेटमा विराटनगरले पनाल्टी पाएको थियो । केरलाको टिमको डिबक्स भित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । पेनाल्टी सुटआउटमा स्टेफेनल गरेको प्रहार केरेलाको गोलकिपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो । भारतका ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रदिप भण्डारीले बिफल पारिदिए । प्रतियोगितामा बिजेता हुने टिमलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, विराट गोल्डकपको आयोजक समितिको संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाललगायतले पुरस्कार बितरण गरेका थिए ।
काठमाडौं, १६ जेठ-लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ । भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल...
काठमाडौं, २१ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिन १६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो। आइतबार दिउँसो नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। साँझ...
सप्तरी, २० असोज-सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७...
विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् । उद्योग...
विराटनगर, ३२ जेठ । काेशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेकाे छ । आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्ताे अनुमान गरेका हुन्...
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ जनाको पीसीआर र एन्टिजेन गर्दा गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्...
विराटनगर । विराटनगरस्थित सास्थम कलेजमा बिएचम र बिबिएका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले रत्ना होटलमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बिएचमका ४६ र बिबिएका ३२ जना विद्यार्थीहरुलाई विदाइ गरेको हो । बिबिएका सन् २०१९...
विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...