विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट अधिकारीलाई पुरस्कृत बिहीबार पुरस्कृत गरिएको हो । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दाहाल र अधिकारीलाई पुरस्कार वितरण गरे । त्यस अवसरमा खापुङले पत्रकारिता क्षेत्र समाजको ऐना भएको बताए । ‘नागरिकको अधिकार रक्षा गर्ने जिम्मेवारीमा खटिने पत्रकार समाज विकासका आधार हुन्,’ उनले भने । पुरस्कृत व्यक्तित्व तथा संविधानविद् दाहालले राष्ट्रिय संचार नीति पनि लागू भएपनि यसका केही व्यवस्था लागू गर्न अझै काम गर्न जरुरी भएको सुनाए । ‘राष्ट्रिय संचार प्राधिकरण पनि महत्वपूर्ण छ । संचार क्षेत्रमा पनि नयाँ व्यवसायिक ढंगले पनि नयाँ व्यक्तिहरू आउने क्रममा छन्,’ उनले भने, ‘कतिपय चुनौती पनि देखिन्छन् । प्रजातन्त्र नमरोस् भन्नेमा राजनीतिक दल सचेत हुनुपर्छ ।’ उनले पारदर्शिता भएन भने लोकतन्त्र सजीव हुन नसक्ने बताए । निर्वाचन प्रणालीमा परिमार्जन गर्न जरुरी रहेको उनले बताए । ‘सक्षम मानिस उठ्न नसक्ने अवस्था हँुदैछ । संसद प्रभावकारी नभएपछि सरकार बलियो हुन सक्तैन, ’ उनले भने । न्यायपरिषद्को संरचना पनि सुधार गरिनुपर्ने बताउँदै उनले संवैधानिक सुनुवाई पनि प्रभावकारी हुन पर्नेमा जोड दिए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक आफैंमा महत्वपूर्ण भएको बताउँदै धेरै निकायले दुःख दिन आएको जसरी व्यवहार गर्ने गरेको बताए । उनले भने,‘सूचना दिनु धेरै कार्यबोझ भएको भन्ने ढंगले बुझ्न हुँदैन ।’ सूचना माग्ने र दिने क्रम बढ्नुपर्ने गुरुङले बताए । पछिल्ला वर्षहरूमा सूचना उपलब्ध नगराउनेलाई कारवाही गर्ने क्रम बढेको पनि बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्न जरुरी भएको बताउदै समाजले सकारात्मक समाचार चाहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सरकारी कार्यालयबाट प्रवाह गरिनुपर्ने सूचना उपलब्ध गराउन सहजीकरण गर्ने बताए ।
एजेन्सी, असार २५-संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१...
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन जनाएका २६ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपति कार्यालयलाई बुझाएको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको दाबी गरेका ओलीलाई समर्थन गर्नुको सट्टा देउवालाई समर्थन...
विराटनगर, २५ भदौ–प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय...
विराटनगर । निर्माण व्यवसायीहरुले एक कार्यालयबाट मात्र इजाजत दिन सरकारसँग माग राखेका छन् । अहिले निर्माण इजाजत गाउँपालिका स्तर बाट सोझै दिने व्यवस्था गरिएको छ । जसले गर्दा यसरी बाडिएका इजाजतहरूको रेकर्ड समेत जिल्ला संघहरू...
विराटनगर । प्रदेश नं. १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविण कुमार कार्की पुन ः निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वाण्डो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित...
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् । खुमलटारस्थित निवासमा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा प्रचण्डले अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् ।...
विराटनगर, २२ फागुन । मोरङ ग्रामथान गाऊपालिका -४ २५ बर्षीय धिरज माझी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी -७ तकिया चोक स्थितमा प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक...
पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...