विराट गोल्डकपको तयारी पुरा, बिजेतलाई २० लाख १५ हजार

 न्यूज विराट
विराट गोल्डकपको तयारी पुरा, बिजेतलाई २० लाख १५ हजार

विराटनगर । विराटनगरमा चैत ९ गतेदेखि सुरू हुने सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्डकपको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

चैत १६ सम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहने भएको छ । यसअघि आयोजक विराट गोल्डकप ट्रष्टले दिल्लीको एफसी क्लवले आउने भन्दै प्रचार गरेको थियो । अन्तिम समयमा उक्त क्लब नआउने भएपछि आयोजकले भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटबल क्लव ल्याउने भएको छ । प्रतियोगितामा तीन विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरीसहित संकटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटीे सहभागिता रहने प्रतियोगिताका सह–संयोजक सुवाशीष कोइरालाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर सिटी र विभाग्य टिम नेपाल प्रहरीबीच हुनेछ ।

प्रतियोगिताको विजेता र उपबिजेता हुने टिमलाई यस वर्ष पुरस्कार राशी बढाएको छ । बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसअघि छैठौं संस्करणको बिजेताले १५ लाख १५ हजार र उपबिजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार रहेको थियो ।

त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनका लागि २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिएको छ ।
यो प्रतियोगिता मोफसलकै दोस्रो ठूलो पुरस्कार राशी भएको बुझिएको छ । तत्कालीन राजा महेन्द्रको नामबाट २०१८ सालदेखि सुरु प्रतियोगिताको नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन गर्न थालिएको हो । प्रतियोगिताको तयारीस्वरूप रङरोगन गर्ने, मैदान व्यवस्थापन गर्ने, लाइट मर्मत गर्ने काम भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश सरकार, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र निजी क्षेत्रको आर्थिक सहयोग रहने बताइएको छ । छैठौं संस्करणको विराट गोल्डकपको बिजेता एपीएफ रहेको थियो ।

सम्बन्धित समाचार

श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...

घर जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं, ३१ भदौ । घर जग्गा रोक्का तथा फुकुवाका लागि मालपोत कार्यालय धाउनु पर्ने सञ्चयकर्ताको बाध्यता हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन...

सिटी सफारीमा छोडिएको साढे तीन लाखको गहना ट्राफिक प्रहरीको सक्रियतामा धनीलाई दिइयो

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सक्रियतामा सिटी रिक्सामा छोडिएको साढे तीन लाखको सुनको गरगहना फेला परेको छ ।विराटनगर–१ पोखरीया बस्ने गणेश श्रेष्ठको आइतबार साढे ३ लाख रुपैयाँ बराबरको सिटी रिक्सामा हराएको सुनको गहना...

मोरङ प्रहरीमा कार्यरत प्रहरी जवान मृत भेटिए

विराटनगर । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने नेपाल प्रहरीका जवान शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी...

उपचार नपाउँदा निराशा बोकेर फर्किएका विराटनगरका ८५ वर्षीय छविलाल खतिवडा

विराटनगर । दौरा सुरूवालमाथि स्टकोट । शिरमा गलफनको टोपी । कान कम सुन्ने भएकोले देब्रे कानमा ‘हियरिङ्ग एड’ लगाएका छन् । एउटा हातमा अस्पतालको पूर्जी र अर्को हातमा स्वास्थ्य विमा कार्ड पनि साथमा बोकेका छन्...

मोदीले १ करोड बढीलाई रोजगारी दिने विशेष आयोजनाको उद्घाटन गर्ने

एजेन्सी, असार १०-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले सुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएक छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १...

अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय

काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए । ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम...

प्राबिधिक जनशक्त्तिलाई स्वदेशै रोजगार दिन उद्योगहरुलाई विश्वविद्यालयको आग्रह

विराटनगर । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्