दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव
आइतबार, ०५ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो ।
नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ । त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।
आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक–अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाए । आगामी दिनमा थप व्यवस्थित र वृहत कार्यक्रम गर्ने उनको भनाइ थियो ।
विराटनगर राजनैतिक र आर्थिक नगरी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको धनी नगरी भएको उनले दाबी गरे । मेयर कोइरालाले महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न लागिपर्ने सबैलाई धन्यवादसमेत दिए । मेयर कोइरालाले महानगरले भाषा, साहित्य, कला र संस्कृतिलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट पारे । उनले भौतिक विकासले मात्रै समग्र विकासको मापन नहुने मेयर कोइरालाले बताए । नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक ३५० भन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको थियो । तीनदिने महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा, कविगोष्ठीसमेत वाचन गरिएको थियो । महोत्सवमा २५० भन्दा बढीले सिर्जना वाचन गरेका थिए । अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा. विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, कार्यक्रम संयोजक देवी पन्थी, चन्द्रागिरी साहित्य प्रतिष्ठान काठमाडौं अध्यक्ष जनार्दन अधिकारी धड्कन, साहित्यकारसमेत रहेका महानगरका मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, कवि गोकुल अधिकारीलगायतले भौगोलिक सीमाले नेपाल र भारतलाई विभाजित गरे पनि कला, साहित्य र संस्कृतिले जोडेको बताएका थिए । उनीहरूले विराटनगर महानगरले भाषा, साहित्य, कला र संस्कृतिलाई महत्व दिएको भन्दै प्रशंसासमेत गरे ।
धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।...
भारतको पश्चिमबंगाल विधानसभामा आइतबार विधायकबीच हात हालाहाल भएको छ । पश्चिमबंगालको बीरभूममा भएको हत्याकाण्डलाई लिएर विधानसभामा हात हालाहाल भएको हो । तृणमूल कांग्रेस र बीजेपी विधायकबीच भएको हानाहानमा तृणमूल कांग्रेसका विधायक असित मजूमदार घाइते भएका...
विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध डान्स आइडल प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसमा शुक्रबार गौतम बुद्ध डान्स आइडल प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगिता अन्र्तगत साँस्कृतिक विधाको जुनियर तर्फको प्रथम आहिष्मा आचार्य, द्धितीय निकिता...
विराटनगर, असार ९–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका...
विराटनगर, ३० मंसिर–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा सफल युवा उद्यमी चेतन निरौला चयन भएका छन् । विराटनगरमा सोमबार सम्पन्न महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन, २२ औँ जिल्ला सम्मेलन तथा महिला उद्यम...
काठमाडौँ, २९ असोज-देवी बिसर्जनसँगै आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाउने तयारी भएको छ । विजयादशमीका दिन आज बिहान १० ः ०२ बजे टीका लगाउनका लागि शुभ रहेको समितिले जनाएको छ...
काठमाडौं, ३ भदौ । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च...