तुलसी सहकारीमा अपचलन प्रकरण : अध्यक्ष शर्मासहित आठ संचालक विरुद्ध ठगी मुद्दा

 न्यूज विराट
तुलसी सहकारीमा अपचलन प्रकरण : अध्यक्ष शर्मासहित आठ संचालक विरुद्ध ठगी मुद्दा

   

विराटनगर । सर्वसाधरणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान सुरू गरेको छ ।

प्रहरीले ठगी मुद्दामा सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवाससहित तीन जना संचालकलाई आइतबार पक्राउ गरी अनुसन्धान सुरू गरेको हो ।

पक्राउ परेकी सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिब सविना न्यौपाने र प्रबन्धक खवासलाई मोरङ अदालतमा आइतबार ठगी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । सहकारीका संचालकहरुले २१ हजार ७१३ जना सर्वसाधरणको जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उनीहरू मध्ये आइतबारसम्म १ सय २१ जना पीडितले १२ करोड ९ लाख ४ हअजार ४ सय ८७ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएको एसपी पोखरेलले बताए । ‘यो प्रराम्भिक ठगीमा जाहेरी दिनेको निवेदन हो । हामीले सूचना जारी गरेका छौं । ठगीमा पर्ने व्यक्ति र रकम पनि बढनेछ,’ एसपी पोखरेलले भने, ‘अहिले आएको यो प्रराम्भिक चरणको रिपोर्ट हो । उजुरी पर्ने र ठगी रकम क्रम बढ्दो छ ।’ उनका अनुसार यो मोरङको मात्र हो । झापा, सिराह र गाइघाटको विवरण आउनै बाँकी छ ।
‘बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत भएको देखिन्छ,’ एसपी पोखरेलले भने, ‘संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गरेको देखिएको छ ।’

सहकारीका ८ जना सञ्चालकविरुद्ध उजुरी परेको छ । त्यसमध्ये प्रबन्धक खवास, उपाध्यक्ष गौतम र सचिब न्यौपाने लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको छ । फरार सूचीमा अध्यक्ष शर्मा, संचालक सदस्यहरूमा आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, अविजाल विश्वकर्मा र बन्टि अधिकारी रहेका छन् । उनीहरूको हकमा मोरङ प्रहरीले आइतबार पक्राउ अनुमति मोरङ अदालतसँग गरेको छ । अदालतले पनि पक्राउ अनुमति दिइसकेको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

तुलसी सहकारीबाट ठगीमा परेका पीडितहरुको लागि मोरङ प्रहरीले जुनियर अपिसरको नेतृत्वमा छुट्टै निवेदन दिने काउन्टर राखेर जाहेरी लिन थालेको छ । एक अर्वभन्दा बढी रकम अपचलन भएकाले सिआइबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिटको टोलीको सहयोग लिएर मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको छ । ठूलो संख्यामा सर्वसाधरणले बचत गरेको रकम अपचलन भएकोले मोरङ प्रहरीका डिएसपी रन्जन कुमार दाहालको नेतृत्वको अनुसन्धान टोली गठन गरेर अनुसन्धान सुरु भएको छ ।

यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय छन् ।

बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि आन्दोलन गर्दा एक महिनादेखि विराटनगर–३ स्थित सहकारीको मुख्य कार्यालयसहित झापा, उदयपुर र सिराहमा रहेका शाखा बन्द छन् ।

सहकारीले अवैध तरिकाले इन्टर कम्पनी नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरादहस्थित तुलसी राईस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्र १० करोड लगानी गरेको भएपनि संस्थाको लेखा परीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी रहेको देखाइएको स्रोतको दाबी छ ।

शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष पनि शर्मा नै हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । ग्रुपका उपाध्यक्ष शर्माकै छोरा काल्स शर्मा छन् ।

यो ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एण्ड च्यूरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाइघाट खाबु, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गाइघाट, दमक र लेटाङ, नटराज एग्रो प्रा.लि., गोरर्खा टि एण्ड कफी इ.प्रा.लि., तुलसी तथा उपकार ब्राण्डका विभिन्न खाद्य सामाग्री उत्पादन र बिक्री गर्दछ ।

अडिट रिपोर्टमा यी उद्योगमा जम्मा लगानी ४० लाख मात्र भएको देखाइएको छ । अरु लगानी बैंकको ऋण भनिएको छ । तर सबै सर्वसाधरणको बचत त्यहाँ लगानी भएको स्रोतको दाबी छ । सहकारीकै स्वामित्वमा भने पानी उद्योग र राइस तथा चिउरा मिल मात्रै हो । अरु उद्योग अध्यक्ष शर्माको एकल हो । अन्य उद्योगमा गैरकानूनी तरिकाले गरेको लगानी फिर्ता नआएपछि सहकारी आर्थिक संकटमा परेको स्रोतको भनाई छ ।

सचिव सविना न्यौपानेले सहकारीकै रकम आफना भाई सागर न्यौपानेलाई दिएर विर्तामोडमा एसमार्ट खोलेको र त्यसपछि थप ८ लाख ऋण प्रवाह गरेको स्रोतको दाबी छ । एसमार्टले उक्त रकम अहिले सम्म फिर्ता नगरेको स्रोतले बतायो ।

यो सहकारीको विराटनगर शाखाको २०७८ असारको लेखा परीक्षण विवरणमा त्यसबेला सहकारीमा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार १४४ रुपैयाँ तथा नगद र सामान ३ करोड ७४ लाख १० हजार ८६ रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५ सय ७० रुपैयाँ रहेको र नाफा मात्रै संस्थाको ७३ लाख १० हजार ९६९ रहेको देखाइएको छ ।
लगानी भने विभिन्न चारवटा संस्थामा ४० लाख ११ हजार रुपैयाँ मात्रै रहेको उल्लेख छ भने कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १८० रुपैयाँ रहेको उक्त लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको स्थिर सम्पत्ति भने ४ करोड १३ लाख ६३ हजार १ सय ५७ रुपैयाँ रहेको छ ।

ठगी मुद्दामा पक्राउ परेका तुलसी सहकारीका प्रबन्धकसहित तीन जनालाई प्रहरीले सार्वजानिक गर्दै ।
मोरङ प्रहरीमा तुलसी सहकारीविरुद्ध ठगी मुद्दामा उजुरी दिने बचतकर्ताहरुको भिड ।


सम्बन्धित समाचार

विराटनगरमा ७१ सहित प्रदेश १ मा एक सय १४ संक्रमित थपिए

विराटनगर, ८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा पाँच, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण शुरु

विराटनगर । विराटनगरको उत्तरी क्षेत्रको लिडिङ स्कुलको रुपमा रहेको विराटनगर–३ मा स्थित मोडर्न एरा इं. स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ । शुक्रवार छनोट चरणको कार्यक्रमको उदघाटन...

मोरङमा मापसे चेकजाँचमा कडाइ, सेवन गरी सवारी चलाए तत्काल कारवाही

विराटनगर । जाडोमा मादक पदार्थ सेवन (मापसे) खाएर सवारी साधन चलाउने भएको मोरङ ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।विरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बस र यात्रु ओसार–पसार गर्ने सिटी सफारीका सवारी चालकहरुले मादक...

निको भएर फर्किए १६ कोरोना संक्रमित

काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार रौतहटका...

विराट मेडिकलका डा. सनम एमबीबीएस टपर : भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’

विराटनगर । बागलुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २ सय बढी कागतीका विरुवा रोपेको छ । क्लबले इक्राही स्थित एक फर्म हाउसमा २ सय वटा भन्दा बढी कागतीका विरुवा रोपेको हो । सेभ द इन्भाइरोमेन्ट, इकोनोमिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्