मिल्स गोल्डकप, सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा

 न्यूज विराट
मिल्स गोल्डकप, सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा धकेलिएको थियो ।
जितको लागि सिराहाका यानिक, नविन न्यौपाने, डेनियल, स्यानगियो,निश्चल ठाकुरी र दिपसन राईले गोल गरेका थिए । सिरहाका निश्चल लामाको प्रहार साइनोका गोलकिपर प्रज्वल श्रेष्ठले उत्कृष्ट बचाए । फोफोनाको प्रहार बाहिरियो ।
साइनको तर्फबाट असिम राई,सन्जय धिमाल, सागर खड्का, कोमल खवास र सुमन मगरले गोल गरेका थिए । साइनको सागर विक, दोर्जे तामाङ्ग र दिवेश मगरको प्रहार सिरहाका गोलकिपर सागर मगरले उत्कृष्ट सेभ गरिदिएर टिमलाई समिफाइनलमा पु¥याए । उनै गोलकिपर मगर खेलको म्यान अफ द म्याच घोषित भए ।

घरेलु दर्शकको साथ पाएको साइनोले खेल सुरु भएको एक मिनेटमै सन्जय धिमालले गोल गरे । खेल सुरू भएको एक मिनेटमै गोल भएपछि सिराहा दबाव परेको थियो ।
पहिलो गोल खाएपछि सिराहले आक्रामक शैली अपनाएको १८ औं मिनेटमा विदेशी खेलाडी यानिकले गोल गरेपछि खेल बराबरीमा ल्याए । सिराहाका सुदिप मगरले निकालिदिएको क्रस पासलाई यानिकले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सिराहाले पहिलो हाफमा यानिकले आधा दर्जन गोल गर्ने अवसर चुकाए । ३८ औं मिनेटमा पेलान्टि एरियादेखि यानिकको प्रहार बाहिरदा पहिलो हाफमा दोब्बर पार्ने अवसर गुमाएको थियो ।
दोस्रो हाफदेखि सिराहाले आक्रमक खेल पस्कियो । अन्त्यतिर सिराहाका यानिकले प्रहार गरेको बलमा पोस्ट बाधक बनेपछि जित हात पार्न सडनडेथ कुर्नुप¥यो ।

मंगलबारको खेल गाईघाट फुटबल क्लब उदयपुर र विरगंज युनाईटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...

ट्रम्पले खाइरहेको औषधिबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा बढी 

एजेन्सी, जेठ १०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो । सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा...

पर्यटक आकर्षित गर्न ‘फेमिली’ होटल सञ्चालनमा

विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विराटनगर सीमाक्षेत्रमा ‘फेमिली’ होटल सञ्चालनमा ल्याइएको छ । युवा नेता मोहम्मद फैयाजले पाकिजा होटल एण्ड फास्ट फुड सञ्चालनमा ल्याएका हुन् । होटलको प्रदेश–१ का सांसद जयराम...

कांग्रेस महाधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रमा सकियो अधिवेशन

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...

विराटनगरका अधिकांश क्षेत्र डुबानमा, विमानस्थल जलमग्न

विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् । विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ ।...

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं, १४ साउन-आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलाको ९८ हजार २ सयमा कारोबार छापावाल सुनको मूल्य आज ९८ हजार ५ सय निर्धारण गरिएको छ ।  नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी...

दार्चुलाको त्रिदेशीय सीमामा ७ महिनापछि अवरुद्ध फोन सेवा सुचारु

डडेल्धुरा, ८ असार-दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्काई फोन सेवा सुरु भएको छ । ७ महिनादेखि अवरुद्ध रहेको व्यास गाउँपालिका-१ छाङ्गरुको स्काई फोन सेवा सोमबारदेखि सुचारु भएको हो । हिमपातका कारणअवरुद्ध बनेको फोन सेवा सुचारु भएको...

सकियो ब्यूर्टिपालरको एक महिने एडभान्स कोर्ष

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्