विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा मोरङले सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७१ रनको सामान्य स्कोर बनाएको थियो । सिरहाकी सोभा शर्माले सर्वाधिक १० रन बनाउँनु बाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मोरङकी टिका साहले ४ ओभरमा १० रन दिएर ५ विकेट लिँदा खुशी राजवंशीले १ विकेट लिइन् ।
७२ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १० दशमलव १ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङकी टिका साहले सर्वाधिक ३३ रनमा नटआउट भइन् । सिरहाकी अर्चना महतोले सर्वाधिक २ विकेट लिइन् । फाइनल खेलको वुमन अफ द फाइनल मोरङकी अलराउण्डर खेलाडि टिका साह घोषित भइन् भने वुमन अफ सिरिज मोरङकी कप्तान सानु राजवंशी भइन् । सानु प्रतियोगिताको उत्कृष्ट ब्याटर समेत भइन् । उत्कृष्ट बलर सिरहाकी चन्द्रीका साह र प्रतियोगिताको उदयमान खेलाडि मोरङकी पूर्णीमा राजवंशी भाषित भइन् ।
विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि आइसिसिको टुइठर प्रशिक्षक सारा वेग, एमसिसि फाउण्डसन इंग्ल्याण्डका एन्गुइस वेरी, क्रिकेट विथ बाउण्ड्रीज इंग्ल्याण्डका प्रमसख लि बुथ, तत्कालिन पूर्वाञ्चल क्रिकेट विकाश सिमितको उपाध्यक्ष नन्दु राठी, आयोजकका अविशेक श्रेष्ठ र नेपालकी कप्तान रुविना क्षेत्रीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।
फाल्गुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पल ह्यारिस डेको अवसरमा ४० थान साईकल वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच पूर्वाञ्चल अनाथ आश्रममा आश्रित छात्रा र विपन्न समुदायका महिलाहरुलाई यातायातमा सहज होस भनेर साईकल...
विराटनगर, ४ असोज–प्रदेश एक मा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरमा ५७, सुनसरीमा ११, झापामा चार, पाँचथरमा एक र प्रदेश एक बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...
विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७...
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ...
विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको...
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...
विराटनगर, असार १-प्रदेश १ ले ४० अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सोमबार प्रदेशसभामा चालू वर्षको तुलनामा करिब २ अर्ब बजेट घटाएर प्रस्तुत गरेका हुन् ।...
काठमाडौं, चैत ५–चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी वस्तुको आयात बढ्दै गएपछि शोधनान्तर बचत भने घट्न थालेको देखिएको छ । पछिल्लो १ महिनामा मात्र करिब ५ अर्ब रुपैयाँले शोधनान्तर बचत घटेको छ । देशबाट...