महानगरद्वारा होली मिलन कार्यक्रम आयोजना

 न्यूज विराट

विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर परिषद् सदस्यसहित विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखका साथै कर्मचारीहरुलाई अविर लगाएर शुभकामना दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले होली पर्वले एकआपसको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई होलीले सुमधुर बनाउने बताए । “हामी सबैले देशको सेवा गर्ने हो,” मेयर कोइरालाले भने, “जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध अझै प्रगाढ बनाओस् भन्ने शुभकामना दिन्छु ।”
उनले आफूभित्रका नराम्रा सबै प्रवृत्तिलाई त्यागेर सकारात्मक सोच र विचारका लागि जनताको सेवामा समर्पित हुन आग्रह गरे । कार्यक्रममा उपमेयर कार्कीले असत्यमाथि सत्यको जितका रुपमा मनाइने रंगहरुको पर्व होलीले महानगरभित्र भएका गलत क्रियाकलापलाई हटाएर विराटनगर बनाउने संकल्पका साथ अगाडि बढ्न प्रेरणा मिल्ने बताइन् । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरुसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरुले एकआपसमा अविर लगाएर खुसीयाली साटासाट गरेका थिए ।

सम्बन्धित समाचार

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

तस्करीको एक सय बोरा चामलसहित पिकअप भेन प्रहरी नियन्त्रणमा

विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...

ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण

विराटनगर, १३ वैशाख । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निर्माण गरेको ‘वाटर स्टेशन’ विद्यालयलाई हस्तान्तरण गरेको हो । सो विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था...

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव ४५० विद्यार्थीलाई मायाको चिनो दिएर विदाई...

मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

विराटनगर, २७ असार–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार...

कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्