विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र

 न्यूज विराट

विराटनगर । विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो । तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो । विभिन्न चरणका बैठकको निर्णयअनुसार सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । “हामी कर्मचारीले नेतृत्वको योजना र निर्देशन कार्यान्वयन गर्ने हो,” प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “सरसफाई, पार्किङ र तार व्यवस्थापनसँगै कानुनविपरीत निर्माण गरिएका संरचना हटाइरहेका छौं ।”
म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको कोइरालाले बताए । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर नागेश कोइरालाले बताउँदै आएका छन् । महानगरको अभियानमा साथ दिन विराटनगरवासीलाई मेयर कोइरालाले आग्रहसमेत गरे । महानगरले उज्यालो महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सडकबत्ती जडानसमेत धमाधम भइरहेको छ । आन्तरिक आयलाई बलियो बनाउन महानगरले कर संकलनलाई पनि तीव्रता दिएको छ ।

सम्बन्धित समाचार

‘पथरीशनिश्चरे नगरपालिका शैक्षिक क्षेत्रमा बैग्लै पहिचान बनाउन सफल छ’

  [caption id="attachment_47283" align="alignnone" width="906"] दुर्गाप्रसाद सिग्देल (वि.नि.) पथरीशनिश्चरे न.पा., मोरङ[/caption] दिनचर्या कसरी बिताइरहनु भएको छ ? म पथरीशनिश्चरे नगरपालिकामा शिक्षा अधिकृतको रुपमा ठ्याक्कै भन्नु पर्दा २०७४ साल कात्र्तिmक २१ गतेबाट हाजिर भएको हो ।...

चाडपर्व लक्षित प्रहरीको सुरक्षा, सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ कडा

बिराटनगर । बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०“ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी...

बुढीगंगाको नितेश पेट्रोल पम्पमा आगलागी, घाइते भएका विराटनगरका एक युवाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित नितेश पेट्रोल पम्पमा आगोलागी भएर घाइते भएका विराटनगर ४ का ३४ वर्षीय गान्दी मण्डलको मृत्यु भएको छ । उपचारको क्रममा आइतबार राती काठमाण्डौंस्थित कृतिपुर अस्पतालमा मृत्यु भएको मोरङ...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

महिलाहरुलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर । महिलाहरुलाई साक्षर बनाउने अभियानमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन जुटेको छ । अन्तराष्ट्रिय महिला दिवर र विश्व साक्षरता दिवसको अवसर पारेर क्लबले साक्षरता अभियानको सुरुवात गरेको हो।  रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बुद्धनगरका...

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण

विराटनगर, १६ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच विराटनगर–४ स्थित खार्जी कोहबरा गाउँको एउटै टोलमा ३८ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको ७३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्