चिकित्सकको लापरवाहीले विरामी मृत्यु भएको आरोप, सिटी हस्पिटलमा तनावग्रस्त
सोमबार, १५ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै विराटनगरस्थित विराटनगर सिटी अस्पताल सोमबार तनावग्रस्त बनेको छ । मोरङको जहदा गाँउपालिका – ४ की ३९ वर्षीया सन्जु मेहेताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल आज दिनभरी तनावग्रस्त बनेको हो ।
मृगौलामा पथरी रहेकाले शल्यक्रियाको लागि उनी आइतबार अस्पताल आएकी थिइन् । शल्यक्रियाको क्रममा उनको आइतबार मृत्यु भएको थियो ।
मृतकका आफ्न्तले शल्यक्रिया गर्दा चिकित्सकले गम्भिर लापरबाही गरेको भन्दै विरामीका आफन्तहरुले हस्पिटल र चिकित्सकलाई कारवाहीको माग राख्दै नाराबाजी गरे । ‘मृतक मेहेता बिहान १० बजे सिटी अस्पतालमा चेकजाँचका लागि आउनुभएको थियो । मृगौलामा पथरी रहेकाले त्यसैको उपचारका लागि सिटी अस्पताल आउनुभएको थियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिनुभयो । त्यही अनुसार गर्न हामीले सझुाब दियौ,’ मृतकका नातेदार देवर पर्ने विभाष सिंहले भने, ‘चिकित्सकको लापरवाहीले भाउजुको मृत्यु भएको छ ।’ लापरवाही गर्ने चिकित्सकलाई कारावहीको दायारमा ल्याउनुपर्ने उनले बताए । ‘डाक्टरले अप्रेशन गर्नु भन्नुभएको रहेछ, बिरामीसँग पैसा थिएन, डाक्टरले केही दिन पछाडी पैसा दिँदा हुन्छ । भनेर अप्रेशन गर्न स्विकार गर्नुभएको रहेछ,’ उनले भने ।
केही समयपछि शल्यक्रिया गरेको पैसा दिँदा हुने अस्पतालका सर्जन डा. सुनिल यादवको भनाई अनुसार मृतक मेहेताले अप्रेशन गर्न स्विकार गरेको बताउदै उनलका आफ्न्तले राती ८ बजे शल्यक्रिय विभागमा लगिएको र दुई घण्टापछि मात्रै मृतक मेहेताको मुटुको धड्कन नभएको चिकित्सकले जानकारी दिएको बताए ।
‘बेहोस हुने सुई लगाउने बित्तिकै भाउजुको मृत्यु भइसकेको थियो होला मेरो अनुमान उहाँको दश मिनेटको अन्तरालमा मृत्यु भइसेको थियो होला तर, १२ बजे राती बिरामीको कुरुवालाई बचाउने कोशीस गर्दै छौँ भनेर डाक्टरले भन्यो,’ उनले भने । तर, चिकित्सकले आश्वसन दिएको आधा घण्टापछि शजलाई बाहिर ल्याएर एम्बुलेन्समा राखिदिएको उनले बताए ।
बिरामीको मान्छेले शव बुझ्न नमाने पछि डा. सुनिल यादव भने घटनास्थलबाट बाहिरिएको उनीहरुको आरोप छ । शव रातैभर एम्बुलेन्समा राखेर अस्पतालको प्रवेशद्धार रात कटाएको बताउने उनीहरुको आफन्त अझैसम्म शल्यक्रियाको नेतृत्व गर्ने डा. यादव नआएको बिरामीको आफ्न्तले बताए ।
यता, अस्पताल प्रशासनलाई घटना बारे बुझ्न खोज्दा अस्पताल प्रशासन सम्पर्कमा आएनन् ।
विराटनगर । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ।जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर...
प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई लाग्नु...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका छन् । नेता कोइराला मंगलबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल...
विराटनगर । प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बालाई मातृशोक परेको छ । सुब्बाकी आमा सुनसरीको बराहक्षेत्र नगरपालिका – ८ सैनिक टोल निवासी देव कुमारी लिम्बुको ८९ वर्षको उमेरमा निधन भएको हो । उनका तीन छोरा र...
काठमाडौं, ३० भदौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते...
काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी...
विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...
काठमाडौं, ६ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुने भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला बिहीबार जेलमुक्त हुने भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा...