विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् । नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण प्यब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दासले गराएका थिए । २०७८ पुस ४ गते विराटनगरमा सम्पन्न भएको प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सीतला सुब्बा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । त्यसबेला सुब्बा र सुवालबीच आधा÷आधा कार्यकाल अध्यक्षको नेतृत्व गर्ने भद्र सहमति भएको थियो । सोही सहमति अनुसार सुवाल अध्यक्षमा चयन भएका हुन् । सुवालको कार्यकाल ढेड वर्ष रहनेछ ।
सुवाल प्याब्सन मोरङको विभिन्न पदहरुमा रहेर काम गरेका उनीसँग अनुभव रहेको छ । अध्यक्षमा चयन भएका सुवाल विराटनगरस्थित ग्रेडेड स्कुलका प्रिन्सिपल पनि हुन् । नवनियुक्त अध्यक्ष सुवालले निजी विद्यालयको हकहितमा लागि पर्ने बताए । निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने उनको भनाई छ ।
विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...
विराटनगर । जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साइवर अपराध सम्बन्धी दुई दिने तालिम दिएको छ । प्रविधिमा आएको विकासका कारण पछिल्लो समयमा बढ्दै गएको साइवर अपराधबाट विद्यार्थी...
कोरना भाइरस (कोभिड— १९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्योलमा परेको छ । यही १३ चैतमा सूचना टाँस गरेर स्थगित भएको बैठक लकडाउन लम्बिँदै गएपछि निरन्तरता पाउने...
एजेन्सी, १७ भदौ-भारतले चर्चित भिडियो गेम पब्जीसहित चीनमा विकास गरिएका १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्द लगाएको छ । भारतले चिनियाँ एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा बढेको कारण देखाउँदै १ सय १८ वटा एप्समा प्रतिबन्ध...
विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आउने भएको छ । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा चाँडै संचालनमा आउने सेन्ट्रल मलका प्रबन्धक निर्देशक बिकास चौधरीले जानकारी दिए । सेन्ट्रल मलमा...
रोजगारीका लागि भारत गएका नेपाली कोरोना संक्रमणकाे त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमा नाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम...
विराटनगर, ८ चैत । प्रदेश १ मा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको सुरुवातसम्म २६ वटा बीओपीको संख्या थियो । त्यसलाई...