कोशी अस्पतालको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, विरामीलाई समस्या

 न्यूज विराट
कोशी अस्पतालको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, विरामीलाई समस्या

विराटनगर । सुनसरीको दुहबी नगरपालिका– १२ पूर्वकुसहा घर भएकी ७६ वर्षीया भगवती देवी गेलाल घरको सिढीबाट लडेर देब्रे खुट्टा भाँचिएको एक साता हुन लागेको छ । गत शुक्रबार खुट्टा भाँचिएपछि गेलाललाई परिवारले तत्काल विराटनगरस्थित कोशी अस्पताल लिएर आए । खुट्टा भाँचिएको कारणले शल्यक्रिया गरिनुपर्ने भएपछि उनलाई अर्थोपेडिक वार्डमा भर्ना गरियो । कोशी अस्पतालमा हप्ताको चार दिन हाडजोर्नीको शल्यक्रिया हुन्छ–आइतबार, सोमबार, बुधबार र बिहीबार ।

शुक्रबार अस्पताल आएका कारणले गेलालको खुट्टाको शल्यक्रियाका लागि चिकित्सकले बिहीबारको समय दिए । वृद्धा गेलाल खुट्टा दुखाइको पीडा सहेर चिकित्सकले दिएको समयसम्म कोशीमा बस्ने निधो गरिन् । बिहीबार उनको शल्यक्रियाको समय थियो । खुट्टाको अप्रेसनपछि दुखाइको पीडा कम हुने भएकोले राहत महसुस हुने आशा उनले राखेकी थिइन् । तर, उनको अपेक्षा निराशामा परिणत भयो । अस्पतालको अर्थोपेडिक वार्डमा जाने पानीको पाइपमा लेदो जमेर बुधबार २ बजेपछि पानी नभएपछि बिहीबार हुने भनिएका सात वटा शल्यक्रिया रोकिएका छन् ।

जसले गर्दा गेलालसहित अन्य ६ जना शल्यक्रिया गरिनुपर्ने बिरामी अस्पतालको शैय्यामा छटपटिइरहेका छन् । यसरी अस्पतालको शैय्यामा छटपटिने मध्येका अर्की बिरामी हुन्, चन्द्रमाया राई । सप्तरीको रुपनगर घर भएकी ६० वर्षीया राईको पनि लडेर देब्रे खुट्टा भाँचिएको बिहीबार पाँच दिन भयो । आर्थिक अवस्था नाजुक रहेकी राईको उपचारका लागि छोरी परिस्का राईले सस्तोमा उपचार हुने भएकोले कोशी अस्पताल लिएकी आएकी थिइन् ।

‘आमाको उपचारमा ऋण खोजेर ल्याएको पैसा पनि सकियो । तर, अहिलेसम्म आमाको खुट्टाको शल्यक्रिया हुन सकेको छैन,’ छोरी परिस्काले गहभरी आँसु पार्दै मेसुको कार्यकक्षमा भनिन्, ‘हस्पिटल बसेको पाँच दिन भइसक्यो । बिहीबार अप्रेसन हुने भनेर ३० हजार रुपैयाँमा स्टील किने । अप्रेसनको लागि १० हजार रुपैयाँ डिपोजिट पनि गरेको छु । तर, अहिलेसम्म आमाको खुट्टाको अप्रेशन हुन सकेको छैन ।’ बिहीबार हुने भनेको शल्यक्रिया पनि पानी नभएको भन्दै हुन नसकेको उनले बताइन् । ‘हामीजस्तो गरिबका लागि आशा र भरोसा योग्य अस्पताल भन्दै आएका थियौं । तर, हाडजोर्नी विभागमा जाने पानीको पाइप बिग्रिएको एक दिन भइसक्यो । अहिलेसम्म नबनेको कारणले अप्रेसन हुन नसकेको भन्दैछन्,’ उनले भनिन् ।

चिकित्सकले शल्यक्रियामा प्रयोग गर्ने सामग्रीदेखि बिरामीलाई प्रयोग गरिने स्टिलका सामग्री पानीमा उमालेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समस्या भएपछि ‘वाटर प्यूरिफाई प्लान्ट’ समेत बन्द भएको छ । अस्पतालको हाडजोर्नी तथा नसा रोग विभागका प्रमुख डा। महेन्द्रप्रसाद महतोले शल्यक्रिया गर्नका लागि औजारहरू पानीमा पकाउनको लागि ‘अटोक्लेभ’सम्म पानी नभएको कारणले अप्रेसन रोकिएको बताए । ‘अप्रेसन थियटरमा शल्यक्रियाका लागि पानी आवश्यक पर्दछ । त्यसभन्दा पनि शल्यक्रिया गर्ने उपकरणहरु दुई घण्टासम्म अटोक्लेभमा राखेर उमाल्नुपर्छ । त्यसपछि औजारको प्रयोग गर्नुपछ,’ डा। महतोले भने, ‘हामी चिकित्सक शल्यक्रिया गर्न तयारी अवस्थामा रहेका थियौं ।’

प्राविधिक समस्याको कारणले गर्दा अर्थोपेडिक विभागसम्म आउने पानीको पाइपमा समस्या देखिएको उनले बताए । स्पतालमा रहेका दुई जना पलम्बर लगाएर बिहीबारसम्म अर्थोपेडिकमा देखिएको पाइपको समस्या सावधान गरेर शल्यक्रिया गरिनुपर्ने बिरामी उपचार हुने कोशी अस्पतालका निमिक्त मेसु डा। रविराज सिंहले बताए । ‘प्यूरिफाई वाटर’मा दुई घण्टासम्म सामान उमालेर मात्रै शल्यक्रिया गर्ने वा बिरामीलाई लगाउनुपर्ने स्टिल निःसंक्रमित गराउनुपर्ने हुन्छ’, मेसु सिंहले भने, ‘हाडजोर्नी विभागको पानी आपूर्तिमा समस्या भएपछि त्यो सम्भव नहुँदा अप्रेशन कक्ष बन्द भएको हो ।’ उनले बिहीवारलाई अप्रेशन गर्ने तालिकामा रहेका बिरामीको शल्यक्रिया शुक्रबार गरिने जानकारी दिए । शुक्रबार अप्रेशन तालिका नभएपनि बिहीबार शल्यक्रिया हुन नसकेपछि यो पटक शुक्रबार पनि अप्रेशन गरिने र त्यसैअनुसार तालिका राखिएको मेसु सिंहले बताए ।

सम्बन्धित समाचार

इण्डो–नेपाल क्रिकेटको फाइनल आज, उपाधिको लागि पटना र विराटनगरको वाइआरसीसी भिड्दै

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताका फाइनलमा पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब पुगेको छ । उपाधिको लागि आज दिउँसो वाइआरसीसी र पटनाबीच भिड्दैछ । हिजो शुक्रबार...

बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाइँदैछ : अर्थमन्त्री

काठमाडौं, १५ असार-अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी साउनदेखि नै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा कार्ययोजनाको तयारीमा सरकार गम्भीरतापूर्वक जुटेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित...

पर्सामा ४ पत्रकार समेत कोरोना संक्रमित

बीरगञ्ज, बैशाख ३०-नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको...

तस्करीको कपडासहित चार जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा चोरी तस्करी गरी कपडा ल्याउने चार जना पक्राउ परेका छन् । इलका प्रहरी कार्यालय रानी विराटनगरले तस्करीको कपडासहित सोमबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

बनारस पुगे प्रधानमन्त्री देउवा, आदित्यनाथले गरे स्वागत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । बनारसमा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । भारत सरकारले विशेष विमानबाट...

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

मोरङमा ‘लापसे’ अभियान तिव्र , लापसे गरेर सवारी चलाउने ९ जना पक्राउ

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । अभियानको क्रममा लापेसे गरी सवारी साधान चलाउने ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्