एक कार्यालयबाट मात्र इजाजत दिन निर्माण व्यवसायीको माग
मङ्गलबार, ०९ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । निर्माण व्यवसायीहरुले एक कार्यालयबाट मात्र इजाजत दिन सरकारसँग माग राखेका छन् । अहिले निर्माण इजाजत गाउँपालिका स्तर बाट सोझै दिने व्यवस्था गरिएको छ । जसले गर्दा यसरी बाडिएका इजाजतहरूको रेकर्ड समेत जिल्ला संघहरू संग नहुने हुदा निर्माण व्यवसाय अनुशासीत र व्यवस्थीत गर्ने कार्य अझै कठिन बन्दै गएको उनीहरुले बताएका हुन् ।
कम्तीमा जिल्लाको एक कार्यालय बाट मात्र इजाजत दिने र अनुगमन गर्ने समेत कार्य हुने भए वास्तवीक व्यवसायीको पहिचान हुने थियो र निर्माण व्यवसायीको रेकर्ड बुझ्न र अनुशासीत बनाउन सहयोग पुग्ने निर्माण व्यवसायीहरुले बताएका हुन् । विराटनगरमा मंगलबार भएको निर्माण व्यवसायी महासंघ प्रदेश नं. १ को १४ औं साधरणसभा एवं अधिवेशनमा सहभागि निर्माण व्यवसायीहरुले रेकर्ड विहिन लाइसेन्सका संख्याले गर्दा निर्माण क्षेत्रमा गाह्रो परेको बताए ।
मापदण्ड पुरÞ्याएर मात्र लाइसेन्स उपलब्ध गराएको हो वा होइन बुझ्न सक्ने आधार अहिले समाप्त भएको उनीहरुले बताए । यस कार्यलाई सरकारले निगरानी राख्न उनीहरुको माग छ । साथै इजाजतको नविकरण पहिले जस्तै जिल्ला प्रशासन कार्यालय बाट हुनु पर्ने माग निर्माण व्यवसायीको रहेको छ । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले उठाएका जायज मागहरू पूरा गर्न सरकारसँग माग गरे । अव्यावहारिक नीति–नियम, निर्माण सामग्रीको अभाव, सरकारी निकायबीचको समन्वयमा रहने कमजोरी, महँगी, असुरक्षालगायतका कारणले निर्माण व्यवसायीहरू पेसाबाटै पलायन हुने खतरा बढेको उनको भनाई छ । उनले गरेको कामको भुक्तानी चाँडै दिनुपर्ने, नदीजन्य सामग्रीको व्यवस्थापन गर्नुपर्ने माग पनि राखे ।
कार्यक्रममा निर्माण व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष कमल प्रसाद गौतमलले कार्यालय प्रमुखको तजविजले सोझै काम दिने परिपाटीको अन्त्य गरिनुपर्ने बताए । ‘कोटेसनको सिमा १० लाख पूरÞ्याएको र एउटा कार्यालयले कती वटा कोटेसन दिन सक्ने भन्ने मापदण्ड नभएकोले सार्वजनिक निकायको ध्यान नै कोटेसनमा गएको देखिन्छ,’ उनले भने, ‘ यसले कार्यालयहरू भ्रष्ट्रचारीमुखी हुनजाने निष्कर्ष निर्माण व्यवसायीको रहेको छ । कोटेसन पनि इ–विड मार्फत माग गरिनु पर्छ भन्ने हाम्रो मान्यता हो । हाकिमको तजविजले सोझै काम दिने परिपाटी को अन्त्य गरिनु पर्दछ ।’
बैतडी, २८ वैशाख-दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र...
विराटनगर, ९ भदौ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले दलित समुदायको सवालमा प्रदेश सरकार संवेदनशिल बनेको बताएकी छिन् । बुधबार राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं. १ को टोलीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री...
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका घर र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ माइती घर भएकी एक चिकित्सक महिलाले अदालती फैसलापछि पनि आफ्नो कानुनी हकको जग्गा भोगचलन गर्न नपाएको पीडा सार्वजनिक गरेकी छिन् ।बीपी कोइराला स्वास्थ्य...
काठमाडौं, २० साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएको छ । केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । १८० जनाको स्वाब परीक्षण गर्दा...
झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन...
काठमाडौं, ११ असार-सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट गरेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्यको जिज्ञासाको जबाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले ७...
विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...
धनुषामा गएराति १ युवकले बुबालाई रड प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको शहीदनगर नगरपालिका–९ का ३० वर्षीय नथुनीले ५५ वर्षीय बुबा सुखिया सदालाई रड प्रहार गरी हत्या गरेका हुन् ।...