विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुँदै, ८ वटा विद्यालयले भाग लिने
मङ्गलबार, ०९ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो ।
आयोजकले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८ गतेसम्म विराटनगर ६ मा रहेको ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विराटनगरका ८ वटा विद्यालय सहभागि हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको बाल्मीकि, बुढानिकलन्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरिया, मनकामना र राइजिङ नेपालले भागि लिएका छन् । प्रतियोगिताको लिग खेल २५ ओभरको हुनेछ भने सेमिफाइनल र फाइनल ३० ओभरको हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले ट्रफि र प्रमाणपत्र पाउँनेछन् । बेस्ट ब्याटमेन, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरले हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ती पाउँनेछन् । प्रतियोगितामा भाग लिने टिमले दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ रहेको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख खर्च हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगतै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ । सामुदायिक विद्यालयको मात्र महिला खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताए । क्रिकेट खेलको ग्रासउटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उनले बताए । ‘हामीले गर्ने क्रिकेट प्रतयोगिताहरु क्रिकेट खेलको विकासको लागि हो,’ उनले भने, ‘स्कुल तहबाट खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरको क्रिकेट खेलाडी उत्पादन गर्नु हो ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको बताए । ‘पाँच...
काठमाडाैं, २४ वैशाख-राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सबै सांसदहरूको पीसीआर टेस्ट हुने भएको हाे । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो...
विराटनगर । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।म्यूजिक फेस्टिबलमा चर्चित गायक...
मलेसियामा बाढीको आपत्कालीन अवस्थामा लुटपाट गरेको आरोपमा ९ नेपालीसहित ३१ विदेशी कामदार पक्राउ परेका छन् । मलेसियाली अनलाइन द स्टारका अनुसार बेला साहआलमको तमनश्री मुडास्थित सुपरमार्केट तोडफोड गरेको र त्यसमा संलग्न रहेको आशंकामा ९ नेपालीसहित...
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...
एजेन्सी, बैशाख ४-कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् । लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी...
विराटनगर । कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका...
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विद्यालय तहदेखि नैतिक शिक्षा दिएर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।उनले...