मिस्टर एण्ड मिस राजवंशी हुने, पहिलो अडिसन फागुन ९ गते

 न्यूज विराट
मिस्टर एण्ड मिस राजवंशी हुने, पहिलो अडिसन फागुन ९ गते

विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको हो ।

प्रतियोगितामा १६ बर्ष बढी उमेर समुहका युवायुवतीलाई सहभागि गराईनेछ । सहभागिताकालागि हालसम्म १ सय बढी युवायुवतीले फार्म भरिरकेको आयोजक समितिले जनाएको छ । उक्त अडिसनबाट फाईनल प्रतिस्पर्धाकालागि छनौटमा परेका ३५⁄३५ जना यूवायुवती गरि ७० जना प्रतिस्पर्धिलाई १ महिने प्रशिक्षण दिईने जनाईएको छ । प्रतिस्पर्धिलाई ब्यक्तीत्व विकाश र वक्तृत्वकला लगायतका जीवन उपयोगि विधामा विज्ञहरुबाट प्रशिक्षण दिलाउने आयोजकको भनाई छ ।

आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले समुदायका यूवा युवतीको ब्यक्तीत्व विकास र शिक्षा क्षेत्रमा प्रोत्साहनगर्ने उद्धेश्य सहित नेपालमैं पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिताको उपाधि बिजेता मिस्टर एण्ड मिसलाई चाँदीको क्राउन सहित ३१ हजार नगद राशिका साथै संस्थाद्वारा निर्माण गरिने म्यूजिक भिडियो खेल्ने अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ । यसैगरि दोश्रो हुनेलाई २१ हजार र तेश्रो हुनेलाई ११ हजार नगद पुरस्कार राशी सहित म्युजिक भिडियो खेल्ने अवसर समेत प्रदान गरिने छ । यसका साथै विभिन्न विधाका बिजेतालाई आर्कषक गिफ्ट ह्याम्पर उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित समाचार

श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जना जेल चलान

विराटनगर । मोरङ र सनुसरीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहसहितको पाँच जनाको समूह पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतले शुक्रबार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने...

संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

विराटनगर । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र...

भारतबाट १० औँ सन्तान जन्माउन मकालु एभरेष्ट हस्पिटलमा, सफल भयो उपचार

विराटनगर । भारत अररिया जिल्ला डुमरियाकी ३६ वर्षीया नुजाहा खातुन दशौं सन्तानकी आमा बनेर फर्केकी छिन् । उनी भारतबाट विराटनगरमा प्रसुती गराउन जेठ ३२ गते आएकी थिइन् । विराटनगर–७ रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा...

लिटल कोशीका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जनाप्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका छन् ।विराटनगरमा शनिबार आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरूले आ–आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् ।उनीहरूले नृत्य, गायन, चित्रकला,...

कोभिडमा लापरबाही : अब जरिमाना होइन, सीधै कैद

काठमाडौं, २० साउन-विश्वव्यापी महामारी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौं जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग...

प्रहरीलाई १६ थान डिजिटल सेट फोन वितरण

विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...

जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले...

एमालेका चार नेतालाई पठाइयो स्पष्टिकरण पत्र, दुई नेताको भागाभाग

काठमाडौं, चैत्र ९-नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई आज स्पष्टिकरण पत्र बुझाएको हो । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्