मोरङ र सुनसरीबाट माछाको तस्करी मौलायो, यी नाकाबाट खुलेआम भित्रिन्छ प्रतिबन्धित ‘मागुर’ माछा 

 न्यूज विराट
मोरङ र सुनसरीबाट माछाको तस्करी मौलायो, यी नाकाबाट खुलेआम भित्रिन्छ प्रतिबन्धित ‘मागुर’ माछा 

विराटनगर । मोरङ र सुनसरीको खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले नेपाल आयतमा प्रतिबन्ध लगाएको ‘मागुर’ र अन्य विभिन्न प्रजातिका माछाको तस्करी बढेर गएको पाइएको छ । 

राज्यले करिब दुई वर्ष अगाडी प्रतिबन्ध लगाएको मागुर (मुर्गी माछा) र अन्य प्रजातिका माछा मोरङ र सुनसरीको दक्षिण क्षेत्रबाट तस्करी भएर आउने गरेको पाइएको हो । 

सुनसरीको अमरढुवाबाट आएको ठुलो परिमाणको तस्करीको माछा सशस्त्र प्रहरीले बरामद गरेको छ । तस्करी भएर आएको एक क्यु टल माछा सशस्त्र प्रहरी एफओपी बखरीले विराटनगर १२ केसलिया रोडबाट बिहीबार दिउँसो बरामद गरेको हो । बरामद गरेको नेपाल आयतमा प्रतिबन्धित मागुर प्रजातिका माछा हो । बरामद गरेको माछा विराटनगरस्थित दिलीप सनहीको रहेको बुझिएको छ । उनले सुनसरीको अमरडुवा, मोरङको दरैयाको उखुबारी हुँदै प्रतिबन्धित र अन्य विभिन्न प्रजातिका माछा तस्करी गरी विराटनगर ल्याउने गर्दछन् । माछा तस्करी गरी विराटनगरसहित पूर्वको विभिन्न बजार पढाउने गरेका छन् । निलमले विराटनगर १५ स्थित दक्षिण नाकाबाट माछाको तस्करी गर्दै आएका छन् । 

यसअघि पनि इलाका प्रहरी कार्यालय रानी विराटनगरले सनहीको एक क्वीटल माछासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको गरेको थियो । मोरङमा दिलीप सहनी, निलमले  र सुनसरीमा  इनरुवा घर भएका पुष्पेन मेहताले माछा तस्करी गर्दै आएका छन् । सुनसरीको देवान गन्ज, कप्तान गन्जबाट र लौकीबाट माछा तस्करी हुने मुख्य नाका हो । मेहताले दैनिक पाँच हजार केजी माछा तस्करी गरेर ल्याउने गरेको स्रोतले बताएको छ । उनको न्यु आदर्श फिस हाउस नाम रहेको फर्म रहेको छ । तस्करीको माछा उक्त फर्ममा ल्याएर सुनसरीको इनरुवासहित विभिन्न सहरहरूमा पढाउने गरेका छन् । 

झापा र मोरङको पूर्वी दक्षिण क्षेत्रको नाकाबाट फेकन र शंकरले आइसमा राख्ने माछा र माछाको भुरा तस्करी गर्दछन् । उनीहरू बङ्गाली हुन् । उनीहरूले नेपालको समूह बनाएर भुरा र आइसमा राखेर बक्स माछा तस्करी गर्दछन् । भारतको गलगलीया हुँदै भद्रपुर र मोरङको रङेली, डाई निया नाका प्रयोग गरी माछा तस्करी गर्दै आएका छन् । 

भारतमा सस्तोमा माछा पाइने र नेपालमा ल्याएर महँगो मूल्यमा बिक्री वितरण हुने गरेकोले तस्करी हुने गरेको माछाको आयत कर्ता एसजीआइ एग्रोका सञ्चालक  एहसान शेखले जानकारी दिए । ‘अहिले जति बढी मागुर माछा तस्करी मौलायो छ । त्यो भारतमा सस्तोमा पाइनु  र नेपालको बजारमा महँगो मूल्यमा बिक्री भएको कारणले मागुर माछाको सबैभन्दा बढी तस्करी बढेको हो,’ उनले भने, ‘आयत आयतमा बिक्री वितरण गरिएको मागुर प्रजातिको माछा भारतमा प्रतिकेजी १७०  देखि १७५ रुपैयाँमा पाइन्छ । यो नेपाल ल्याउँदा होलसेललाई १ सय १० रुपैयाँ प्रतिकेजी मुनाफा राखेर बिक्री गर्दछन् । खुद्रामा बिक्री गर्दा प्रतिकेजी १५० रुपैयाँ फाइदा हुन्छ । त्यसैले अहिले सबैभन्दा बढी मागुर माछा तस्करी हुने गरेको हो ।’ 

अर्को तस्करी हुनुको मुख्य कारण सरकारले माछामा लगाएको अन्तःशुल्क पनि रहेको उनले बताए । ‘अहिले माछाको तस्करी बढ्नुको अर्को कारण भनेकै माछामा लगाएको अन्तःशुल्क हो,’ चालु आर्थिक वर्षको साउनदेखि माछामा सरकारले १० प्रतिशत आयत बढाएपछि तस्करी बढेर गएको छ । एक केजी माछा आयत गर्दा ७५ रुपैयाँ खर्च हुने गरेको छ । यो खर्च  ढुवानीसहित हुन आउँछ । त्यही भएर अहिले तस्करी हुने गरेको छ ।’ अहिले भन्सार तिरेर आयत गरेको माछा बिक्री हुन छाडेको उनले बताए । ‘तस्करी गरेर माछा ल्याउन पाइहाल्छ,’ उनले भने, ‘तस्करीको माछा सस्तो पनि हुन्छ । अनि कहाँबाट वैध तरिकाले ल्याएको माछा बिक्री हुन्छ ?।’ 

माछा आयत कर्ता शेखका अनुसार भारतमा १ सय २० देखि १ सय ३० रुपैयाँ प्रति केजी पाइन्छ । त्यही माछा यहाँ नेपालमा ल्याएर २ सय ७० देखि ३ सय २० रुपैयाँ होलसेलमा बिक्री हुन्छ । खुद्रा साढे ३ सय देखि ४ सयमा बिक्री हुन्छ । प्रतिकेजी १ सय ७० देखि २० सय रुपैयाँसम्म फाइदा हुने भएपछि प्रहरी, प्रशासन मिलाएर तस्करी गर्ने गरेको उनीहरू बताउँछन् । भारतको जोगवनीमा पंकास प्रजातिका माछा प्रतिकेजी १५०  रुपैयाँमा पाइन्छ । पंकास माछा विराटनगरमा ३२० रुपैयाँमा बिक्री हुन्छ । यस्तै १६० रुपैयाँ केजी पाइने रहु माछा विराटनगरमा ३ सय २५ देखि ३ सय ५० रुपैयाँसम्म विक्री हुन्छ । 

सम्बन्धित समाचार

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

नेकपालाई प्रतिपक्षको सुझाव : कोरोना महामारीमा बेमौसमी बाजा नबजाऊँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन् । सोमबार मन्त्रिपरिषदको बैठकले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश पारित गर्ने निर्णय गरेपछि प्रवक्ता शर्माको यस्तो टिप्पणी आएको हो...

कांग्रेसले भन्यो : सरकारको आपत्तिजनक कदम, गैरजिम्मेवार प्रवृत्ति

नेपाली कांग्रेसले सोमबार जारी भएका २ अध्यादेशप्रति आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दलको नेताविना संवैधानिक परिषद्ले निर्णय लिने र राजनीतिक दल फुट्न सहज हुने गरी अर्को पनि अध्यादेश प्रमाणीकरण भएपछि कांग्रेले आपत्ति जनाएको हो...

प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय...

एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो । कोशी र मधेश प्रदेका...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, साउन ३-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासस्वरूप स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयासका लागि सचिवालय बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय सचिवालयकाे...

विराटनगरमा बैंकभित्रै कर्मचारीद्धारा विषादी सेवन गरी आत्महत्या

विराटनगर, साउन २१–विराटनगर–७ स्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक महिला कर्मचारीले बुधबार आत्महत्या गरेकी छन् । विराटनगर महानगरपालिका–८ घर भएकी बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षीय सनाज खतिवडाले मुसा मार्ने बिष सेवन गरि आत्महत्या...

दसैँका लागि हिमालपारिकाे जिल्लाबाट निकालिए १२ हजार भेडा-च्याङ्ग्रा

दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्