विराटनगरको सेन्ट्रल मलमा ‘जुम्बा’ संचालनमा

 न्यूज विराट
विराटनगरको सेन्ट्रल मलमा ‘जुम्बा’ संचालनमा

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी जुम्बा संचालनमा ल्याएको हो ।

दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा संचालनमा ल्याएको सेन्ट्रल मलका प्रबन्धक निर्देशक बिकास चौधरीले जानकारी दिए । सेन्ट्रल मलमा संचालनमा आएको जुम्बामा दक्ष प्रशिक्षकहरूबाट सिकाइने उनले बताए । ‘जुम्बा डान्स मुभमेन्टबाट गरिने फिटनेस थेरापी हो । यो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि प्रभावकारी मानिन्छ । हरेक व्यक्तिले आफ्नो उमेर र अवस्था हेरेर विभिन्न जुम्बाका फर्मुला अपनाउन सक्छन् ,’ उनले भने ।

जुम्बा डान्सको समय १ घन्टाको हुने गर्छ । सेन्ट्रल मलमा सुरु भएको जुम्बा विहान र साझमा हुने बताइएको छ । एक घन्टा जुम्बा गर्दा आठ सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ । गीतको तालमा डान्स गर्ने भएकाले वर्कआउट गरेको जस्तो अनुभव हुँदैन । फलस्वरूप छोटो समयमा नै तौल नियन्त्रणमा ल्याउन सकिन्छ । बच्चादेखि वृद्धवृद्धाले सजिलै जुम्बा गर्न सक्छन् । जुम्बापछि तनावमुक्त भइन्छ । यसले शरीरमा एकप्रकारको ऊर्जा दिने गर्छ । आलश्यपना, तनाव घटाउँछ । युरिक एसिड, थाइराइड, मुटुरोगलगायत समस्या कम गर्न जुम्बा प्रभावकारी मानिन्छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमित १३ जनाले खुला चौरमा रात बिताए

सुर्खेत, १९ जेठ-सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित खुला चौरमा रात बिताएका छन् । नगरपालिका भित्रका २५ जना संक्रमितमध्ये १३ जनाले खुल्ला चौरमा त्रिपाल टागेर रात बिताएका हुन् । २५ जनामध्ये १२ सल्यानलाई अस्पताल लगिए...

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको...

नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामाको घोषणा

काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । ‘हामीले क्यानलाई अप्ठेरो परेका...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

सर्वोच्चको फैसला : मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान...

आज देशभर १ हजार ८१ जनामा कोरोना पुष्टि, ९१८ डिस्चार्ज

काठमाडौं, २४ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

कपिलवस्तुका २ पत्रकारमा कोरोना संक्रमण

बुटवल, ९ जेठ-आज कोरोना संक्रमण पुष्टि कपिलवस्तुका ९ मध्ये २ जना पत्रकार रहेको खुलेको छ । उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका कोरोना फोकलपर्सन कुमार थापाले जानकारी दिए । राष्ट्रिय...

लक्षण भएका संक्रमितलाई प्रथामिकता

विराटनगर, १ भदौ–विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्