युवा उद्यम विकास र प्रवद्र्धनमा सहकार्य

 न्यूज विराट
युवा उद्यम विकास र प्रवद्र्धनमा सहकार्य

विराटनगर । ओबी मिडिया प्रालि र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो ।

मञ्चका अध्यक्ष राघव कोइराला र ओबी अध्यक्ष विवेक दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई संस्थाको उद्देश्यले युवा उद्यम विकास र प्रवद्र्धनमा सहकार्य गर्ने रहेको छ ।

दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्ने क्रममा मञ्चका अध्यक्ष कोइरालाले उद्यमशीलतामा युवाहरुलाई आकर्षित गर्ने, नवप्रवर्तनमा जोड्ने र प्रोत्साहन गर्ने, उद्यम तथा व्यवसायको क्षेत्रमा युवा सहभागिता बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । ओबी मिडियाका अध्यक्ष दाहालले सञ्चारमाध्यमले युवा उद्यमीहरुलाई प्राथमिकतामा राखेर समाचार सामाग्री प्रकाशन गर्दा त्यसको प्रभाव सामाजिक रुपमा सकारात्मक पर्ने बताए ।
युवा उद्यमीले साझा मञ्च बनाएर २० वर्ष अगाडीदेखि संगठित बन्दै आएका छन् । देशभर १३ वटा शहरमा यसको च्याप्टर रहेको छ । पूर्व क्षेत्रमा जनकपुर, विराटनगर र सुनसरीमा यसको च्याप्टर रहेको छ । विराटनगरमा १९ वर्षदेखि नेपाली युवा उद्यमी मञ्च स्थापना भएर यसले उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको छ । मञ्चमा आफ्नै उद्यम भएका वा उद्यमको अख्तियार प्राप्त ४० वर्ष भन्दा कम उमेरका उद्यमी आवद्ध हुन पाउने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार

दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...

विराटनगरमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रोकिएको स्वास संकलन पुरु सुरु

विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको...

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, २० असोज–प्रदेश नं. १ मा कोरोना संक्रमणबाट मंगलबार विहान ३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरको...

लक्षण नै नदेखिई निको भएर घर फर्किए ४ संक्रमित

काठमाडौं, ८ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर बिहीबार ४ जना घर फर्किए । ४ जनामै सुरुदेखि नै लक्षण देखिएको थिएन । तर कोरोना भाइरस पोजिटिभ देखिएको थियो । डिस्चार्ज हुँदा उनीहरुका परिवार...

कोशी प्रदेशमा स्वास्थ्यमा ५१ करोड बढ्यो बजेट, ३ अर्ब ५८ करोड बिनायोजन

विराटनगर । कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि स्वास्थ्यमा ५१ करोड रुपैयाँ बजेट बढाएर ल्याएको छ । चालु आर्थिक वर्षको लागि सरकाले २ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनायोजन गरेको थियो ।...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्