लागूऔषध नियन्त्रण गर्न ‘म सक्छु’ अभियान सुरू

 न्यूज विराट
लागूऔषध नियन्त्रण गर्न ‘म सक्छु’ अभियान सुरू

विराटनगर । लागूऔषधको सेवन र कारोबार बढ्दै गएको कारणले अपराधारको घटना हुन थालेपछि प्रहरीले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु’ अभियान सुरू गरेको हो ।
पछिल्लो समय तराइको झापा, मोरङ र सुनसरी जिल्लामा लागूऔषध प्रयोगकर्ता र यसको ओसार पोसार धेरै हुने गरेको छ । प्रराम्भिक चरणमा यी जिल्लाहरुमा प्रभावकारी रुपमा लागूऔषध नियन्त्रण गर्ने उद्देश्यले अभियान सुरु गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी श्याम ज्ञावलीले बताए ।

अभियान अन्र्तगत बिराटनगर महानगरपालिका–१६ मा रहेको लागुऔषध क्यानको भवनमा करिव ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई भेला गरी सामाजिक परामर्स दिईएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोग कर्ताहरुलाई मनो सामाजिक परामर्स प्रदान गरेका हुन् ।

यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा संचालन भईरहेको छ । विशेष गरी अहिले युवा उमेर समूह र कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू लागूऔषधको लतमा फसेको प्रहरीको तथ्यांकले देखाएको छ ।लागूऔषध कारोबार र सेवनमा युवापुस्ताको संलग्नता बढेको प्रहरीको ठहर छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले युवा र विद्यार्थीलाई बढी सचेत बनाउन अभियान सञ्चालन गरिएको बताए । ‘मोरङमा लागूऔषध कारोबार र सेवनको केन्द्र बनिसकेको छ, यसको नियन्त्रणमा सबै लाग्नु पर्ने देखियो,’ उनले भने, ‘त्यसैले हरेक ठाउमा सचेतना फैलाउने अभियान सुरु गरेका हौ ।’

स्थानीय तहसँगको समन्वयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको हो । पहिलो चरणमा विराटनगरबाट लागूऔषध नियन्त्रण अभियान सुरु भएको उनले बताए । उनका अनुसार परिवार तथा अभिभावकको हेलचक्र्याइ र निगरानी अभावमा किशोरकिशोरी लागूऔषधको लतमा फस्दै जान थालेका छन् । उनका अनुसार लागूऔषधको लतमा फस्नेहरूमा सबैभन्दा बढी १८ देखि ४० वर्षसम्म युवा छन ।

सम्बन्धित समाचार

सरकारले नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लाग्यो : कृषि व्यवसायी

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोलेर नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लागेको कृषि व्यवसायीले बताएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका विभिन्न क्षेत्रका कृषि व्यवसायीले सरकारले नै नेपालको कृषि पहिचान विदेशी...

कोशी प्रदेश टी– १० क्रिकेट : तीन खेलमा एनबीएससीको दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल...

२४ घन्टामा २४६ संक्रमित थपिए, १११ जना डिस्चार्ज

काठमाडौं, १८ साउन-पछिल्लो २४ घन्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४ घन्टामा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बात्ति बनाउने मेशिन वितरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बात्ति बनाउने मेशिन वितरण गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र नेपाल महेश्वरी महिला संगठनको संयुक्त आयोजनामा तीनवटा बात्ति...

एमाले महाधिवेशन : संखुवासभाबाट सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर, २८ कात्तिक ।आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभाबाट १४ जना महाधिवेशन प्रनिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ आठ जना, महिलातर्फ चार महिला र दलित तथा पेशागत महासंघबाट एक/एक जना  गरी...

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौँ, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन...

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तीव्रता दिएको हाे । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म २०...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्