तेह्रथुमको म्याङलुङमा दुर्घटना, एक जनाको मृत्यु

 न्यूज विराट
तेह्रथुमको म्याङलुङमा दुर्घटना, एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका १० सुर्केमा बिहीबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्यास लिएर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्र्याक्टरले पैदलयात्री ६२ वर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको ट्र्याक्टर घरको छानामा पल्टिएर खाना पकाँदै गरेकी ७६ वर्षीया हर्क मोती लिम्बूलाई किचेको ट्राफिक प्रहरी जवान सन्तोष भुजेलले बताए ।

घाइते लिम्बुको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको छिमेकी बिजेस भटराईले बताए । शव जिल्ला अस्पतालमा राखिएको छ ।

गम्भीर घाइते दलबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै फरार भएका चालक वर्ष २२ का देशबहादुर लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । सकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा आज एकैदिन १९१ जना कोरोना संक्रमित थपिए

विराटनगर, ३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

एमालेको केन्द्रीय कमिटी अद्यावधिक, निर्वाचन आयोगमा पुग्यो २६० केन्द्रीय सदस्यको विवरण

काठमाडौं, भदौ १ । सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।...

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष ठप्प

गाईघाट,  २३ असोज-जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा...

झी पुचःको ‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाइ प्रदान गरिने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिने भएको छ ।विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील...

बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ

धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय...

तिलोत्तमा हत्या प्रकरणः स्थानीयको अवरोधले शव उठ्न सकेन

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारको एक पशु फार्ममा ५ जनाको हत्यामा संग्लनलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले मृतकको शव उठान अवरोध गरेका छन् । शव लैजान २ वटा एम्बुलेन्स घटनास्थल पुगि सकेका छन् ।...

विराटनगरमा बैंकभित्रै कर्मचारीद्धारा विषादी सेवन गरी आत्महत्या

विराटनगर, साउन २१–विराटनगर–७ स्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक महिला कर्मचारीले बुधबार आत्महत्या गरेकी छन् । विराटनगर महानगरपालिका–८ घर भएकी बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षीय सनाज खतिवडाले मुसा मार्ने बिष सेवन गरि आत्महत्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्