न्यूनतम साझा कार्यक्रम प्रदेश १ सरकारलाई हस्तान्तरण, के–के छन् प्राथमिकता ?
मङ्गलबार, २४ माघ, २०७९,
न्यूज विराट
विराटनगर । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले सरकारलाई बुझाएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीका निजी सचिव सुवास श्रेष्ठले न्यूनतम साझा कार्यक्रम कार्यदलले सरकारलाई हस्तान्रतण गरिएको जानकारी दिएका हुन् ।
उनको अनुसार कार्यदलले १९ बुँदा रहेको प्राथमिकता र विभिन्न ११ शीर्षकमा कार्यक्रमहरु समावेश गरेर उक्त कार्यक्रम बुझाएको छ । मुख्यमन्त्री कार्कीले उक्त कार्यक्रमलाई अपनत्व लिँदै चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा आगामी पाँच वर्षको प्रदेश १ को कूल ग्राहस्थ उत्पादन (जिडिपी) ७० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । प्रदेश १ को सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा नेकपा एमालेका रामबहादुर राना मगर, रेवती रमण भण्डारी, राप्रपाका प्रेमराज थाम्सुहाङ र जनता समाजवादी पार्टीका नेता राजकुमार यादव रहेको कार्यदल निर्माण भएको थियो । साझा कार्यक्रममा दीर्घकालीन राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ तथा प्रदेश १ को वस्तुगत लक्ष्य ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ प्राप्तिका लागि भन्दै १९ वटा मुख्य प्राथमिकता तोकिएको छ ।
जसमा प्रदेशसभाबाट प्रदेशको नामाकरण गर्ने, प्रदेश सरकार सम्वद्ध मन्त्रालय, आयोग, निर्देशनालय तथा कार्यालयहरूको आवश्यक प्रशासनिक संरचना (भौतिक संरचना) निर्माण गर्ने, संघीय सरकार मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने उल्लेख छ । यस्तै प्रतिबद्धतामा ५ वर्षमा हालको कूल गार्हस्थ्य उत्पादन ७ खर्ब ६३ अर्बमा ७० प्रतिशत वृद्धि गरी १२ खर्ब २० अर्ब पु¥याउने लक्ष्य पनि लिइएको छ । यस्तै नयाँ प्रदेश गौरवको आयोजनाहरू प्रारम्भ गर्ने, प्रदेशको रैथाने कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउने, सूचना तथा संचार क्षेत्रलाई व्यवस्थित गर्न संचार कानून निर्माण गर्ने लगायत उल्लेख छ । यस्तै साझा कार्यक्रममा पूँजीगत खर्च बढाउन आवश्यक उपाय खोज्ने । प्रदेशको स्रोत साधन तथा राजस्वको वृद्धि गर्न तथा सरकारी खर्चमा आत्मनिर्भरता कायम गर्न उच्चस्तरीय राजस्व अध्ययन समितिको निष्कर्ष लागू गर्ने लगायतका विषय उल्लेख रहेको छ ।
प्राथमिकताहरू १. प्रदेशवासीको भावना र आकांक्षा अनुरुप प्रदेशसभाबाट यथाशीघ्र प्रदेशको नामाकरण गर्ने । २. प्रदेश सरकार सम्वद्ध मन्त्रालय, आयोग, निर्देशनालय तथा कार्यालयहरूको आवश्यक प्रशासनिक संरचना (भौतिक संरचना) निर्माण गर्ने । ३. संविधानको सर्वोेच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिँदै प्रदेशमा हस्तान्तरण हुन बाँकी रहेका संघीय मन्त्रालय मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने । ४. आगामी ५ वर्षमा हालको कूल गार्हस्थ्य उत्पादन ‘GDP’ ७ खर्ब ६३ अर्बमा ७० प्रतिशत वृद्धि गरी १२ खर्ब २० अर्ब पु¥याउने । साथै मानव विकास सूचकांक (HDI) )०.६० बाट वृद्धि गरी ०.६५ पु¥याउने । ५. प्रदेश सरकारको राजस्व वृद्धि, उपलब्ध स्रोतको उच्चतम उपयोग र मितव्ययिता कायमको लागि ठोस कदम अघि बढाउने । ६. आर्थिक स्रोतमा टेवा पु¥याउनको निमित्त वैदेशिक अनुदान सहयोगको वृद्धि, उच्चतम उपयोगमा ध्यान दिने । ७. प्रदेशको तीव्र आर्थिक विकासको लागि कृषि, उर्जा, पर्यटन, तथा पूर्वाधार–कनेक्टिभिटी आदि क्षेत्रमा प्रदेश गौरवको आयोजनाहरू प्रारम्भ गर्ने । ८. अत्यावश्यक सार्वजनिक सेवा (नागरिकता, पासपोर्ट, लाइसेन्स, मालपोत)लाई उच्च प्राथमिकता राखी छिटो–छरितो र जनमुखी बनाउने । समयमै सरकारी सेवा उपलब्ध गराउन विद्युतीय सेवा र सुशासनलाई चुस्त दुरुस्त बनाउने । ९. कृषिमा तुलनात्मक लाभको क्षेत्रमा लगानी आकर्षित गर्ने । जैविक कृषिलाई प्रोत्साहन गर्ने । प्रदेशको रैथाने कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउन उल्लेखनीय कदम चाल्ने । घरेलु मदिरा उत्पादन, प्रवद्र्धन र बजारीकरणको कामलाई निरन्तरता दिने । १०. प्रदेशको नविन सम्भावनाहरूको खोजी गरी औद्योगिकीकरण र युवा उद्यमशीलताको लागि तत्काल कार्य प्रारम्भ गर्ने । ११. संविधानमा व्यवस्था भए बमोजिम समाजवाद उन्मुख अर्थतन्त्रको आधार तय गर्नमा निमित्त क्रमशः शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको गुणात्मकता र पहुँचको विकास तथा विस्तार गर्ने । गुणस्तरीय र निःशुल्क शिक्षा र स्वास्थ्यको निमित्त दर्बिलो आधार तयार गर्ने । १२. राष्ट्रसेवकहरूको उच्च मनोवल र कर्तव्यनिस्ट नतिजाको निमित्त, क्षमता–कार्यदक्षता अभिवृद्धि, सशक्तीकरण, ‘पुरस्कार–दण्ड’ नीति आदि मार्फत परिणाममुखी जनशक्तिको रूपमा विकास गर्ने । १३. शहीद तथा वेपत्ता परिवार र द्वन्द्वपीडित एवम् विस्थापितलाई राहत, पुनःस्र्थापन र सहायताको लागि तत्काल प्रभावकारी कदम चाल्ने । विभिन्न आन्दोलनमा घाइते भई उपचार नपाएकाहरूको यथोचित उपचारको व्यवस्था गर्ने, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारबाट कम्तीमा एक जना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने । १४. वर्गीय, सामाजिक र भौगोलिक असमानताका अवयवहरूको पहिचान गरी असमानता न्यूनीकरण तथा निरूपण गर्ने । १५. कोभिड १९ को प्रकोपको कारण उत्पन्न विभिन्न आर्थिक–सामाजिक समस्याहरूको तदारुकताको साथ समाधान गर्ने । १६. स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा सेवा प्रवाहको सुदृढीकरणका लागि उच्च प्राथमिकता दिने । संघ र स्थानीयतहसँगको अन्तरसम्बन्ध तथा साझेदारीमा पूर्वाधार विकासलाई अघि बढाउने । १७. सूचना तथा संचार क्षेत्रलाई व्यवस्थित गर्न संचार कानून निर्माण गर्ने । सूचना संचार र प्रेस स्वतन्त्रताको विकास तथा उन्नयनका लागि विभिन्न कार्यक्रम ल्याउने । १८. प्रदेश सरकारबाट सञ्चालित परियोजनाहरूको नियमित मूल्याङ्कन, अनुगमन गर्न उच्चस्तरीय संयन्त्रलाई परिचालन गरी नियमित रूपमा अर्धवार्षिक समीक्षा र सार्वजनिकीकरण गर्ने । १९. सरकार संचालनमा सबै दलहरूसँग नियमित संवाद र सहकार्यको साथ अघि बढ्ने ।
विराटनगर, १ पुस । विराटगरमा उपचारका लागि आउने सर्बसाधारणलाई कमिशन दिने औषधी पसल र अस्पतालमा पठाउने चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६०...
काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...
विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...
विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि बुधबार संचारकर्मीहरुसँग परिचत्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...
एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...
पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...
विराटनगर । प्रदेश १ उपसभामुखमा सत्तारूढ एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । प्रदेशसभामा शनिबार भएको निर्वाचनमा ५७ मत ल्याएर दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी उम्मेदवार लिलाकुमारी राईले ३३ मत पाइन् ।...