पूर्वाञ्चल विश्व विद्यालयले शिक्षण अस्पतालको लागि कोसी प्रयोग गर्ने, मेडिकल कलेजको बाटो खुल्यो

 न्यूज विराट
पूर्वाञ्चल विश्व विद्यालयले शिक्षण अस्पतालको लागि कोसी प्रयोग गर्ने, मेडिकल कलेजको बाटो खुल्यो

विराटनगर । मोरङको सुन्दरहरैचाको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोसी अस्पताल दिने सिंघय सरकारले निर्णय भएको छ । 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सङ्घीय सरकार अन्तर्गत रहेको कोसी अस्पताललाई पूर्वाञ्चल विश्व विद्यालयलाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो । 

मन्त्रीपरिषद्को बैठकले कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न अनुमति पाएसँगै पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि बाटो खुलेको छ । मेडिकल कलेज सञ्चालनको लागि चिकित्सा शिक्षा ऐनले तीन वर्षदेखि सञ्चालन हुँदै आएको ३ सय शय्याको अस्पताल हुनुपर्ने मापदण्ड तय गरेको छ । पूर्वाञ्चल विश्व विद्यालयसँग पर्याप्त पूर्वाधार भए पनि आफ्नै हस्पिटल थिएँ । मन्त्रीपरिषद्को बैठकबाट कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न अनुमति पाएपछि विश्वविद्यालयले मेडिकल कलेजको लागि सहज भएको उपकुलपति प्रा. डा. यादव राज कोइरालाले बताए । अब एमओयू तयार गरी त्रिपक्षीय सम्झौता हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्व विद्यालयबिच त्रिपक्षीय सम्झौता गरेर शिक्षक दरबन्दी खुलाउने उनले बताए । 

‘एमबीबीएको लागि भवन तयार छ । शिक्षक दरबन्दी खुलाएर अर्को सालबाट एमबिबिएसको पठनपाठन हुनेछ,’ उनले भने ।

एमबिबिएसको पाठ्यक्रम र भौतिक पूर्वाधार बनिसकेको र पुस्तकालयसमेत अपडेट गरिसकेको उपकुलपति कोइरालाले बताए । 

विश्व विद्यालय भएको क्षेत्र प्रदेश १ सरकारका पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यको पर्दछ । उनले  निर्वाचनको बेला प्राथमिकताका साथ पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज स्थापना गर्ने बताउँदै आएका थिए । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने बाचा निर्वाचनको समयमा यहाँका मतदातालाई उनले विश्वास पारेका थिए  । मेडिकल कलेज संचालको लागि शिक्षण अस्पताल कोसी प्रयोग गर्न पाउने निर्णय भएसँगै मेडिकल कलेज सञ्चालनको बाटो खुलेपछि यस क्षेत्रका हजारौँ नागरिकहरूले आचार्यलाई विकास प्रेमीको रूपमा धन्यवाद दिन थालेका छन् ।

सम्बन्धित समाचार

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

कांग्रेसका युवा नेताको संयुक्त विज्ञप्ति : संविधान भत्काउने ओलीलाई सत्तामा रहने नैतिकता छैन

नेपाली कांग्रेसका युवा नेताले स्थिर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसँग अब सरकारमा बसिरहने नैतिक आधार वाँकी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरूले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझबुझका साथ...

भारतबाट मिचिएको भूमि फिर्ता माग गर्दै डा. केसीद्वारा २ दिने सत्याग्रहको घोषणा

काठमाडौं, १२ जेठ-डाक्टर गोवन्द केसीले जेठ २० गतेदेखि दार्चुलामा २ दिने सत्याग्रह गर्ने घोषणा गरेका छन् । केसीले त्यहाँका जनताको पीडाबारे राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको...

कपिलवस्तुका २ पत्रकारमा कोरोना संक्रमण

बुटवल, ९ जेठ-आज कोरोना संक्रमण पुष्टि कपिलवस्तुका ९ मध्ये २ जना पत्रकार रहेको खुलेको छ । उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका कोरोना फोकलपर्सन कुमार थापाले जानकारी दिए । राष्ट्रिय...

मोरङको ग्रामथान गाउँपालिकाले सञ्चालन गर्यो कोभिड–१९ अस्थायी अस्पताल

विराटनगर, ५ वैशाख । मोरङको ग्रामथान गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई उपचार गराउने उद्धेश्यले ग्रामथान गाउँपालिका वडा न २ स्थित पिडाडवनीमा आइतबारदेखि अस्थायी कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको...

खोटाङको दिक्तेलमा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...

चिकित्सकले मनाए नयाँ वर्ष

विराटनगर । नेपाल चिकित्कस संघ कोशी प्रदेशले नयाँ वर्षको अवसर पारेर शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना...

युवा संघ विराटनगरका अध्यक्ष लामाविरुद्ध ‘शरीर बन्धक’ कसुरमा उजुरी

विराटनगर । नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराटनगरको अध्यक्ष किरण लामाविरुद्ध अपहरण, शरीर बन्धक, मिटर ब्याज र फिरौती कसुरको जाहेरी परेको छ । विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरुद्ध विराटनगर–८ का ३४ वर्षीय नवल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्