सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी
बुधबार, १८ माघ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् ।
अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् ।
एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको जनाइएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मार्गमा एक्स्पो हुन लागेको हो । एक्स्पोलाई ऐतिहाँसिक बनाउने उदेश्यका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ ।
माघ २८ गतेसम्म आयोजना हुने एक्स्पोका लागि तीन सयजना बढि युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिएको सीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए । उनीहरुलाई आवेदनका आधारमा नियुक्त गरी एक्स्पोको सचिवालयदेखि स्टलहरुमा परिचालन गरिएको जनाइएको छ । एक्स्पोलाई व्यवस्थित बनाउन थप संख्यामा स्वयंसेवक र सुरक्षाकर्मीहरु परिचालन गर्ने तयारी रहेको शर्माले जानकारी दिए । करीव ४०० वटा वस्तु तथा सेवा उत्पादकहरुले आफ्ना उत्पादनको प्रदर्शन र विक्री वितरणका लागि स्टल बुकिङ गरिसकेका छन् । एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिने तयारी भइरहेको छ । त्यसका साथै थारु जातीको साँस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिने जनाइएको छ । कोसी नदीको झल्को आउने गरी त्यसमाथि सेल्फी पुल निर्माणको काम जारी रहेको छ । टिकटको विक्री वितरणलाई सहज बनाउन सकेसम्म अनलाइन गेटवे ‘खल्ती’ वालेट प्रयोग गर्न सीएनआईले आग्रह गरेको छ ।
काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा...
विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरे २ मतले...
विराटनगर । अस्ट्रेलियामा हुने अन्तराष्ट्रिय ‘कन्भेन्सन’ मा भाग लिन लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी का डिस्ट्रिक गर्भन विकास अधिकारी र प्रथम महिला बन्दना पोखरेल सहभागि हुने भएका छन् । अधिकारी र पोखरेल कन्भेन्सनमा भाग लिन...
विराटनगर । व्यवस्थापन संकायमात्र पठनपाठन गरी अब्बल शैक्षिक संस्थाको रुपमा देशभरीमै पहिचान बनाएको विराटनगरस्थित मेरील्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’ प्रदान गरिएको छ । मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रविन्दुले उक्त...
विराटनगर । नेकपा माओवादी केन्द्रक कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार)ले निरन्तर अभियान संचालन गरेर माओवादीलाई ६४ सालकै हैसियतमा फर्काउने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्र विराटनगरले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...
काठमाडौं, १५ असोज-सकारले करका दर घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफ १ बमोजिम करका दर घटाउने निर्णय भएको बताए...
विराटनगर । मोरङको बेलबारी नगरपालिका – ३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारता सारेर सुनसरीको इनरुवामा लगिएको छ ।संचालनमा आएको ९ महिनापछि मंगलबार मध्य राती स्थानीय पालिकासँग कुनै समन्वय र सहकार्य नगरि प्रहरीले...
विराटनगर, चैत २२–प्रदेश नं. १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल कक्षा’ शुरु गरिएको छ । विश्व महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले देशव्यापी लकडाउन गरेपछि प्रदेश १ को...