सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो
बिहिबार, १२ माघ, २०७९,
न्यूज विराट
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् ।
स्कुलमा चार वटा अक्षय कोष रहेको छ । सरस्वती पूजाको अवसर पारेर बिहीबार दाताहरूले अक्षयकोषमा रकम थपेर कोष बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीले जानकारी दिए । विद्यालयका पूर्व विद्यार्थी सुरेन्द्र दियालीले स्वर्गीय भएका वावुको नाममा स्थापना गरिएको कोषमा ६१ हजार १ सय ११ रुपैयाँ थप गरिदिएका छन् । स्वर्गीय हर्क बहादुर दियाली अक्षयकोष सुरुमा ५० हजार रुपैयाँको थियो । अहिले थप गरेर यो कोष १ लाख ११ हजार १ सय ११ रुपैयाँ बनाएको छ ।
यसअघि कालुसिंह, आइतरानी, बुधराज, धनबहादुर सावा अक्षयकोष १ लाख १ हजार, चन्द्र जोगमाया, संगीता पुरी अक्षयकोष ५१ हजार १ सय ५ रुपैयाँ र स्वर्गीय पदम बहादुर साम्बा लिम्बु अक्षयकोष ५० हजार रुपैयाँको रहेको छ । विद्यालयमा स्थापना भएको चार वटा अक्षयकोषको रकम ३ लाख १३ हजार २१६ रुपैयाँ भएको छ ।
बिहीबार ढाका बहादुर पुरीले स्वर्गीय छोरी संगीता पुरीको सम्झनामा १ हजार १ सयको विपन्न जेहन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । स्कुलमा स्थापना गरिएको अक्षयकोषबाट जेहन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिदै आएको छ । सरस्वती पूजाको अवसर पारेर स्कुलको उत्कृष्ट शिक्षक लक्ष्मी मोक्तानलाई सम्मान गरियो । अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
विराटनगर । विराटनगरको दुई ठूलो कपडा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।राजस्व अनुसन्धान टोलीले बुधबार दिउँसो विराटनगर मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका बस्त्रालयमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो । भारतबाट...
विराटनगर । अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि तीन दिने ‘बीएलएस र एसीयलएस’ तालिम सम्पन्न भएको छ । अमेरिकन हर्ट एसोसिएसन (एएचए) को आयोजनामा विराटनगरस्थित न्यूरो हस्पिटलको सभाहलमा भएको तीन दिने उक्त तालिम शुक्रबार समापन...
काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...
विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवडी प्रतियोगितामा भाग लिन जाने...
काठमाडौं, जेठ ४-भूमि व्यवस्था मन्त्रालयले नेपालको नयाँ नक्सा तयार पारेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । मन्त्रालयले तयार पारेका...
विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह...
विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् । फाइनलमा...
काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...