विराटनगर । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी अभिभावकहरुको रोजाइ बनेको छ । सामान्यतया २ देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई खेलखेलाउदै सिकाउने गरिन्छ ।
यसबाट बालबालिकाले प्रयोगात्मक तरिकाबाट आफै सिक्ने र पढ्ने वातावरण पाउने भएकाले आफ्ना बालबालिकाको सुन्दर भविष्य बनाउन अभिभावकहरुको मुख्य रोजाईमा यस्ता ठाउँहरु पर्ने गरेको छ । व्यस्त जिवनका शैली र एकल परिवारका कारण पनि अभिभावकलाई आफ्ना बालबालिकाको हेरचाह र पढाइका लागि समयको अभावका कारण पनि १८ महिना नपुग्दै मन्टेश्वरीमा भर्ना गर्ने प्रवृती पनि बढेको छ ।
स्थापना कालदेखि नै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिदै आएको विराटनगर ५ कृषीमार्गमा रहेको किड्स भिलेज स्कुल विद्यार्थी र अभिभावको रोजाइमा पर्ने विद्यालय मध्येको एक हो ।
किड्स भिलेजमा बालबालिकाले प्रयोगात्मक तरिकाबाट आफै सिक्ने र पढ्ने वातावरण भएको कारणले अभिभावको रोजाइमा परेको छ ।
स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको छ ।
प्ले ग्रुपदेखि कक्षा यूकेजीसम्म पूर्ण मन्टेश्वरी विधिबाट पठनपाठन हुँदै आएको, शान्त र भयरहित बावतरणमा निर्धक्ताका साथ पठनपाठन हुने यस स्कुलको भौतिक पूर्वाधार सुविधासम्पन्नयुक्त रहेको छ । स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधासम्पन्न भवन, प्रयोगशाला, विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वाताबरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
समग्रमा, विद्यार्थीहरूको सर्वाेपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा विद्यालयले कुनै सम्झौता गरेको छैन । एक नमुना विद्यालयको रुपमा दरिएको यस किड्स भिलेजले भौतिक सुविधाका साथै विद्यार्थीमैत्री शैक्षिक वातावरण, संस्कार र सिपसहितको शिक्षामा विशेष जोड दिँदै आएको छ । कक्षा ६ सम्म पढाइहुने स्कुलमा सफा तथा स्वस्थकर खाजा समेत पलब्ध रहेको छ । जसले शैक्षिक गतिविधिलाई थप गतिशील तथा सकारात्मक बनाउन सहयोग गरेको छ ।
मन्टेश्वरी तालिम लिएका अनुभवी शिक्षिकाहरूबाट बालवालिकाहरुलाई खेलाउँदै सिकाउने गरेको किड्स भिलेज स्कुलका प्रिन्सिपल विजय दाहालले बताए । २०७० सालमा स्थापना भएको विद्यालयले छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विराटनगरमा किड्स भिलेज स्थापित हुन सफल भएको छ । अहिले प्लेग्रुपसम्म २ सय जना बालवालिका रहेका छन् भने कक्षा ६ सम्म ३८० जना विद्यार्थी छन् । यस स्कुलमा एउटा कक्षा कोठामा २० देखि २२ जनासम्म मात्र विद्यार्थी राख्ने गरिएको छ । प्लेग्रुप र नर्सरीमा २ जना शिक्षिका र एक जना सिस्टर अनिवार्य राख्ने गरिएको छ ।
सीमित सिटमा प्ले– ग्रुप र नर्सरीमा अक्षरारम्भ किड्स भिलेज स्कुलमा सीमित सिटको लागि प्ले–ग्रुप र नर्सरीमा अक्षरारम्भ कार्यक्रम राखिएको छ । वसन्तपञ्चमीको पावन अवसरमा विद्यालयद्धार सरस्वती पूजा, अक्षरारम्भ तथा नयाँ भर्ना कार्यक्रम राखिएको प्रिन्सिपल विजय दाहालले जानकारी दिए ।
काठमाडौं, ३१ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सोमबार सरकार र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।...
विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थतन्त्रमा समस्या भएको भन्दै उनले संविधानमा अझै समानुपातिक प्रतिनिधित्वको अभाव रहेको बताएका छन् । प्रेस सेन्टर मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’...
एजेन्सी, असार ८-सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।...
कोरोनाविरुद्धको फाइजर खोप आउने दिन नजिकिएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरकालाई दिनेगरी फाइजर खोप ल्याउने तयारी गरेको हो । करिब ३ महिनाअघि देखि नै खोप ल्याउने पहल भएको थियो । द ग्लोबल एलायन्स...
विराटनगर, जेठ ८–प्रदेश नं. १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई...
विश्वव्यापी महामारीरूपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणप्रति सजगत अपाउँदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरूपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ । जनकपुरधाम वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको अगुवाइ तथा पहलमा आफ्ना वडावासीलाई दैनिक...
विराटनगर, ७ भदौ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू भएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा प्याब्सन स्र्पोटस मिट सुरु भएको हो । उक्त स्पोर्ट्स मिटको उद्घाटन...