विराटनगरको महेन्द्र रात्री माविलाई रोटरीले बनायो ‘ह्याप्पी स्कूल’

 न्यूज विराट

विराटनगर, ९ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित महेन्द्र रात्री माविको जिर्णोद्वार र रंगरोगन गरी हस्तान्तरण गरेको छ ।

ग्लोबल ग्रान्ट अन्तर्गत सो विद्यालयको कक्षाकोठा, शौचालय, ढोका, झ्याल निर्माण तथा घेराबारागरी सम्पूर्ण भवनको जीर्णोद्धार र रंगरोगन गरेर ह्याप्पी स्कूलमा परिणत गरि हस्तान्तर गरेको हो ।

ग्लोबल ग्रान्ट परियोजना १९८४०३४ अन्तर्गत आधारभूत शिक्षा र साक्षरतालाई प्रथामिकतामा राखेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यालयलाई आकर्षक र सुविधा सम्पन्न बनाई हस्तारणतरण गर्ने योजना बनाएको थियो ।

विराटनगरका विभिन्न तीन रोटरी क्लबले तीन सामुदायिक विद्यालयको आधुनिकीकरण गर्ने योजना बनाएको छ । ‘ह्याप्पी स्कूल’ ले विद्यालयमा अध्ययनरत बालबालिका, उनीहरुका अभिभावक र शिक्षकहरू सबैले विद्यालयको बारेमा खुशी महसुस गर्ने वातावरण सृजना जर्ने जनाइएको छ । रोटरी नेपाल साक्षरता मिशनको लक्ष्यसँग मिल्दोजुल्दो उक्त योजना सिकाउने कार्यक्रममा केन्द्रित छ ।

महेन्द्र रात्री माविमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बायरीङ, रेलिङ, वाटर स्टेसन, पुस्तकालय, टेबल सहितको कम्प्युटर कोठा, डेस्क, बेन्च, विभिन्न खेल भएको मोन्टेश्वरी कोठा, कार्यालयलगायतको जिर्णद्वार गरी हस्तान्तरण गरेको हो ।

जस अन्तर्गत विद्यालयका शिक्षकहरुलाई तालिमसमेत प्रदान गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जनाकारी दिइन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ३ नम्बर वडाका वडाध्यक्ष कुमार पोखरेल, विद्यालयका प्रधानाध्यापक, महानगरका स शिक्षा शाखा प्रमुख, शिक्षक, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थितिमा ‘ह्याप्पी स्कुल’ हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित...

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

विराटनगरमा भव्य भयो भीमसेन जात्रा (फोटो फिचर )

विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए ।मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा...

नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

प्याब्सनको स्थापना दिवसमा विविद्य कार्यक्रम, दिप प्रज्जवलनदेखि आश्रममा भोजनसम्म

विराटनगर । विभिन्न कार्यक्रम आयोजना गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएको छ । मोरङ प्याब्सनले विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । विराटनगरमा रहेको प्याब्सनको कार्यालयमा मंगलबार साझमा दिप प्रज्जवल कार्यक्रम...

दुव्यर्वहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी, कारवाही गर्न प्रेम कुमारीको माग

विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...

इसाई समाजद्वारा बाढी पिडित दलित बस्तीमा राहत वितरण

  रामकुमारी राई रंगेली । मोरङको रंगेली नगरपालिका– ८ चाइनागेट टोलस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुई साताअघि बाढी पसेर डुबानमा परेका ६० घर दलितहरुलाई पूर्वोत्तर मोरङ लेटाङको इसाई एकता समाजले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्