अभिषेक गिरीले हालेको रिटमा ‘हेर्न नमिल्ने’ भएपछि स्थगित, माघ १२ गतेको लागि तोकियो पेशी

 न्यूज विराट
अभिषेक गिरीले हालेको रिटमा ‘हेर्न नमिल्ने’ भएपछि स्थगित, माघ १२ गतेको लागि तोकियो पेशी

विराटनगर । मोरङ कारागारका चौकिदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न मागसहित कारागार व्यवस्थापन विभागसहित तीन वटा निकाय विरुद्ध हालेको रिट ‘हेर्न नमिल्ने’ भनी माघ १२ गतेको लागि पुनः छलफलमा आउन दुवै पक्षलाई आदेश गरेको छ । मुद्दाको पेशी आज उच्च अदालत विराटनगरका न्यायाधीश राजन प्रसाद भट्टराई र किरणकुमारी गुप्‍ताको इजलासमा तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ भएपछि स्थगित भएको हो । अर्को पेशी माघ १२ गते लागि पुन ः दुवै पक्षलाई बोलउन आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

गिरीको कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश कोइरालाको न्यायाधीश भट्टराइ आफन्त परेकोले गिरीको मुद्दा हेर्न नमिल्ने आदेश भएको अदालतले जनाएको छ ।

गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै माघ ३ गते नै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए ।

कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर रिट दर्ता गरिएको रिटमा एक वर्षभन्दा कम अवधिमा छुट्ने कैदीबन्दीहरुको सरुवा नगर्ने प्राबधान विपरित आफ्नो सरुवा भएकोले बदर गर्न माग गरिएको छ । गिरीले उच्च अदालत विराटनगरमा सरुवा बदरको माग राख्दै ‘उत्प्रेषण परमादेश’ को माग गरेका छन् ।

अदालतका सूचना अधिकारी सुवेदीका अनुसार उच्च अदालत विराटनगरका न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलाशले माघ ९ गते दुबै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश दिएको छ । गिरीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ताहरु कल्याण केसी तथा मदनकुमार पन्तले बहस गरेका थिए ।

उच्चले माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए आधार र कारण खुलाई लिखित प्रमाणसमेत साथमै राखेर १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय विराटनगरमार्फत लिखित जवाफ पेश गर्न पनि विपक्षीलाई आदेश दिएको छ । कैद भुक्तान हुन एक महिना पनि नहुदै मोरङ कारागारका चौकीदार गिरीको गृह मन्त्रालयकै निर्देशनमा कारागार व्यवस्थापनले भिमफेदी कारागारमा स्थानान्तरण गर्न मोरङ कारागारमा पत्र पढाएको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको फागुन ३ गते कैद अबधि पुरा हुन्छ ।

नेकपा एमालेका स्थानीय नेताको दबावमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको बताइन्छ । गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो । त्यसबेला नेपाली काँग्रेसका स्थानीय नेताको दबाबमा मोरङ आएका उनलाई अहिले एमाले नेताको दबाबमा सरुवा गर्न लागिएको हो ।

सम्बन्धित समाचार

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

युवा दिवसमा विराटनगरमा रक्तदान

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...

मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् । मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री...

झापामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ–झापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लारेर एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी माथि स्थानीय आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि शसस्त्र प्रहरीले चलाएको गोलि लागेर स्थानीय ३८ वर्षिय रमिकुल आलमको मृत्यु भएको...

म्यान्मारमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ६२ पुग्यो

एजेन्सी, असार १९-म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १ सय ६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य...

दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्ष यताकै खराब : विश्‍व बैंक

काठमाडौं, १० वैशाख-विश्‍व बैंककले दक्षिण एसियाको आर्थिक वृद्धिदर विगत ४० वर्ष यताकै खराब स्थितिमा पुगेको बताएको छ । नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा यस्तो बताएका हुन् ।...

पुनर्स्थापना केन्द्रलाइ खाद्यान्न वितरण

विराटनगर, जेठ १–रिकभरिंग नेपालले प्रदेश १ का लागू औषध पुनर्स्थापना केन्द्रलाइ खाद्यान्न वितरण गरेको छ । कोरोेना भाइरस संक्रमणका कारण जारी लकडाउनले आर्थिक संकटमा परेका झापा ,मोरंग र सुनसरीमा सञ्चालित २२ वटा पुनर्स्थापना केन्द्रलाइ खाद्यान्न...

इप्रका रामपुर ठोक्सीलाको सक्रियता बढ्यो, ठूलो परिमाणमा सुपाडीसहित तीन जना पक्राउ

विराटनगर । उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाका प्रहरी निरीक्षक ऋषिराम ढकालको कमाण्डमा खटिएको प्रहरी टोलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्