प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई
आइतबार, ०८ माघ, २०७९,
न्यूज विराट
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ ।
विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हो ।
पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको हो । कोशी मोडलले प्लस टुतर्फ ३० अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफल भएको हो ।
प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्धितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४ अंक ल्याएर सुन्दरहरैचा नगरपालिकामा रहेको सिद्धार्थ स्कुलले भएको छ । तृतीय ग्रामथान २ मा रहेको जनक मेमोरियलले ५ कास्य, १ रजत पदक सहित १७ अंक ल्याएको छ । चौथो भएको हरैचा मोडलले स्वर्ण, तीन रजक पदक सहित १४ अंक ल्याएको छ । पाँचौ लेटाङ ग्रिन भ्याली भएको छ । ग्रिन भ्यालीले २ स्वर्ण पदकसहित १३ अंक ल्याएको छ ।
यसैगरी प्सटु तर्फको द्धितीय २८ अंक ल्याएर सिद्धार्थ स्कुल र तृतीय २० अंक ल्याएर सगरमाथा स्कुल भएको छ । चौथो विराटनगरको एभरेष्ट र ब्राइट फियुचर स्कुल भएको छ । उनीहरुले समान २०÷२० अंक ल्याएको छ ।
प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो ।
३ किलोमिटर रोडरेस प्रतियोगिताको प्रथम मिनील्याण्ड स्कुलका दिपक सरदार भए । उनले ६ मिनेट ४४ सेकेण्डमा तीन किलोमिटरको दुरी पार गरेका थिए ।
यस्तै द्धितीय सुन्दरहरैचास्थित सिद्धार्थ स्कुलका प्रकृती लिम्बु र तृतीय पथरीको एभरेष्ट स्कुलका समिर राई घोषित भए ।
यस्तै दुई किलोमिटर छात्रतर्फको प्रथम लेटाङको पब्लिक सेन्ट्रलका मनोज राई, द्धितीय ब्राइट फियुचर स्कुलका निशान्त श्रेष्ठ र तृतीय पूर्वाञ्चल एकाडेमीका सुजन तामाङ घोषित भए ।
यसैगरी छात्रातर्फको प्रथम ग्रिनभ्याली स्कुलकी यानी लिम्बु, द्धितीय पूर्वाञ्चल एकाडेमीकी विमला विक र तृतीय सिद्धार्थ स्कुलका सोफिया थापा घोषित भइन् । यसैगरी चार सय मिटर छात्रतर्फको प्रथम बेलबारीको माउन्ट एभरेष्ट स्कुलका जमसेत अली, द्धितीय पूर्वाञ्चल एकाडेमीका स्वयल चौधरी र तृतीय जीवन विकास पब्लिक स्कुलका रोहन शर्मा भएका छन् । सोही विधाको छात्रातर्फको प्रथम पूर्वाञ्चल एकाडेमीका मनिषा कार्कीृ, द्धितीय जनक मेमोरियलका सन्ध्या खाँ र तृतीय बालप्रतिभा स्कुलका सोनी गुरुङ घोषित भइन् ।
एक सय मिटर दौडको प्रथम गोदावरी बोर्डिङ स्कुलका विप्लप राउत भएका छन् ।
भलिबलको उपाधि चार स्कुललाई प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भलिबल प्रतियोगिताको बिजेता चार स्कुल भएका छन् । आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको कोशी मोडल, सुन्दरहरैचाको ब्राइट फियूचर, बुढीगंगा गाउँपालिका १ मा रहेको मोरङ पब्लिक र रंगेली नगरपालिका १ बवियाबिर्तामा रहेको सनरे स्कुलले भलिबलको उपाधि जितेको हो । कक्षा ११ र १२ तर्फको छात्रतर्फको भलिबलको फाइनलमा कोशी मोडलले सिद्धार्थ स्कुललाई २४–२६, २०–२५ र ९–२५ को सोझो सेटले हराउँदै कोशी मोडलले उपाधि जितेको हो । उपबिजेता सिद्धार्थ स्कुल भयो । तृतीय पथरीको एभरेष्ट र सान्तवना उर्लाबारीको भृकुटी मोडल भएको छ । यसैगरी कक्षा ११ र १२ छात्रातर्फको भलिबलको उपाधि सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले जितेको छ । ब्राइट फियुचरले कोशी मोडललाई २५–२, २५–९ को सोझो सेटले हराउँदै उपाधि जितेको हो । तृतीय पथरीको एभरेष्ट स्कुल भएको छ । कक्षा १० सम्म भएको छात्र भलिबल प्रतियोगितामा सनरे सेकेण्डरी बोर्डिङ स्कुलले विराटनगरको मोर्डन ऐरा स्कुललाई २५–२३ र २५–१७ को सोझो सेटले हराउँदै सनरेले उपाधि जितेको हो ।
यस्तै सोही विधाको छात्रातर्फको बिजेता मोरङ पब्लिक स्कुल भएको छ । मोरङ पब्लिकले लेटाङको ग्रिनभ्यालीलाई ११–२५, २५–२३, २५–१७, ३–२५ सेटले पराजित गरी मोरङ पब्लिक स्कुलले उपाधि जितेको हो । भलिबलमा छात्रातर्फ १८ र छात्रातर्फ ९ वटा स्कुलको सहभागि रहेको थियो ।
फुटबलको उपाधि सिद्धार्थ स्कुललाई प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबलको उपाधि सुन्दरहरैचा १० मा रहेको सिद्धार्थ स्कुलले जितेको छ । बेलबारीमा रहेको शिक्षा सन्देश स्कुललाई ट्राइब्रेकरमा ५– ४ गोलले हराउँदै सिद्धार्थ स्कुलले फुटबलको उपाधि जितेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि ट्राइब्रेकरबाट खेलको छिनोफानो भएको थियो । फुटबलमा तृतीय ब्राइट फियुच स्कुल भएको छ । ब्राइट फियुचरले सुनगाभा स्कुललाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो ।
तीन स्कुल टेबल टेनिसको बिजेता प्याब्सन स्पोर्टस मिट अन्तर्गत टेबल टेनिसमा तीन स्कुल विजयी भएको छ । टिम इभेन्ट छात्रतर्फको प्रथम विराटनगरको एभरेष्ट स्कुल र द्धितीय सगरमाथा भएको छ । यस्तै सोही विधाको छात्रातर्फको प्रथम सगरमाथा र द्धितीय कोशी मोडल स्कुल भयो । यसैगरी टेबल टेनिस छात्र सिंगल तर्फको प्रथम एभरेष्ट स्कुलका एन्जल पन्त, द्धितीय सगरमाथा स्कुलका निकिता तामाङ भइन् । तृतीय सगरमाथाका सुरवी प्रधान र एभरेष्ट स्कुलका सोनाम खातुन भइन् । सोही विधाको सिंगल छात्रातर्फको प्रथम ग्यालक्सी पब्लिक स्कुलका प्रत्यूष ढकाल, द्धितीय उज्जल तामाङ भए । तृतीय सगरमाथा स्कुलका अनुभव तिम्सिना र एभरेष्ट स्कुलका प्रतिक कार्की घोषित भए ।
मनिषा कार्की सर्वोत्कृष्ट खेलाडी प्रतियोगितामा पूर्वाञ्चल ऐकेडेमीको कक्षा ९ मा अध्ययरत मनिसा कार्कीले चार स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले प्रतियोगिताभरीमा चार स्वर्ण पदक जितेकी छिन् । उनी ट्रयाक एण्ड फिल्ड विधामा सर्वोत्कृष्ट भएकी हुन् । उनले १६ सय मिटर दौड, ट्रिपल जम, सिंगल ४ सय मिटर दौड, समूह चार सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । सोही विधामा छात्रतर्फको सर्वोत्कृष्ट खेलाडी पूर्वाञ्चल ऐकेडेमीका सोयल चौधरी घोषित भए । उनले खेलअवधीभरी २ स्वर्ण, २ रजत पदक जितेका छन् ।
बिजता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्याब्सनको केन्द्रीय सल्लाहकार टिकाराम पुरी, केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, प्रदेश १ अध्यक्ष टिकाराम ढकाल, मोरङ अध्यक्ष सितला सुब्बा, अभिभाव संघ प्रदेश १ का अध्यक्ष देवी पन्थिलगायतले पुरस्कार वितरण गरेका थिए ।
एजेन्सी, चैत २२-कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।कुवेतको आन्तरिक मन्त्रालयले रात्रि समयका लागि लागू गरिएको कफर्यू उल्लंघन गर्ने विदेशी नागरिकलाई देश निकाला...
काठमाठौं, १४ पुस-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्ष समूहले मंगलबार काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन हुन लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको आन्दोलन परिचालन कमिटीले देशभर...
विराटनगर । मोरङको कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन्...
काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक...
मोरङ, ८ वैशाख-कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पीसीआर विधिबाट ३८७ जना स्वाब र...
विराटनगर, १६ मंसिर–प्रदेश १ मा मंगलबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश १...
विराटनगर, फागुन १२–ब्लड क्यान्सरबाट पीडित भएका विराटनगरस्थित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारमा सहयोग गर्ने उद्देश्यले स्पार्क हेल्थ होम हस्पिटल काठमाडौंले १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं...
विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान...