विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि प्रतियोगिता सुरू भएको हो ।
उद्घाटनको दिन तीन वटा खेल सम्पन्न भएको छ । तीन खेल सम्पन्न हुँदा रंगेलीको बालदेवदुत विद्या मन्दिर, विराटनगरको बुढानिलकण्ड र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकाडेमीले सुरूवाती अग्रता लिएको छ । शुक्रबार सम्पन्न भएको छात्रतर्फको सटपुटको फाइनलमा रंगेलीको बालदेवदुत विद्या मन्दिरका सुदिप कार्कीले स्वर्ण पदक जितेका छन् । विराटनगरको कोशी विद्या मन्दिरका युनिक मेहताले रजत र बेलबारीको माउन्ट एभरेष्ट सेकेण्डरीका प्रशान्त न्यौपानेले कास्य पदक जितेका छन् । यो प्रतियोगिताको छात्रातर्फको फाइनल शनिबार हुनेछ ।
यस्तै छात्रातर्फको लङजमको फाइनलमा विराटनगरको बुढानिलकण्ड स्कुलकी रोश्नी विश्वासले स्वर्ण, धनपालाथान गाउँपालिकाको जिवन विकास स्कुलकी रेग्मी शर्माले रजक र सुन्दरहरैचाको बालप्रतिका स्कुलकी पवित्रा भूजेलले कास्य पदक जितेकी छिन् । छात्रा तर्फको खेल हुन बाँकी छ ।
यसैगरी छात्रातर्फको ज्याबलिङ थ्रोको सम्पन्न फाइनल खेलमा सुन्दरहरैचाको पूर्वाञ्चल एकाडेमीका कृष्पा कार्कीले स्वर्ण, सुन्दरहरैचाको बालप्रतिभा स्कुलकी रेबिका श्रेष्ठले रजत र ग्रामथान गाउँपालिकाको जनक मेमोरियाल स्कुलकी अन्जु माझीले कास्य पदक जितेकी छिन् । छात्रतर्फको फाइनल शनिबार हुनेछ ।
बास्केटबलको फाइनलमा बिकेभिएम र सगरमाथा प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको बास्केटबल प्रतियोगिताको फाइलनमा विराटनगरको सगरमाथा स्कुल र बिकेभिए पुगेको छ । एभरेष्ट स्कुलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा बिकेभिएमले एभरेष्ट स्कुललाई ३७ – ८ स्कोरले हराउँदै बिकेभीएम स्कुल फाइनलमा पुगेको हो । सोही दिन भएको दोस्रो खेलमा सगरमाथा स्कुलले सिद्धार्थ स्कुललाई ४२–२ स्कोरले हराउँदै सगरमाथा स्कुल फाइनलमा पुगेको छ । बास्केटबलको फाइनल शनिबार हुनेछ ।
फुटबलमा चार स्कुल सेमिमा प्याब्सन स्पोर्ट्स मिट अन्र्गत भएको फुटबलमा चार वटा स्कुल विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा बेलबारीको शिक्षा सन्देश स्कुलले रंगेलीको मिनी ब्याण्ड स्कुललाई १–० गोलले हराउँदै शिक्षा सन्देश सेमिफाइनलमा पुगेको हो । जितको लागि शिक्षा सन्देशका निर्णायक गोल आशिष मगरले गरे ।
सोही दिन भएको दोस्रो खेलमा सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले बालमिकी स्कुललाई ४ – २ गोलले हराउँदै ब्राइटफियुचर सेमिमा पुगेको छ । तेस्रो खेलमा सिद्धार्थ स्कुल बिजयी भयो । सिद्धार्थले मोरङ मोडल स्कुललाई ट्राइब्रेकरमा ४ – २ गोलले हराउँदै सिद्धार्थ सेमिमा पुगेको हो । चौथो खेलमा बेलबारीको शिक्षा सदन स्कुल सेमिमा पुगेको छ । शिक्षा सदनले सप्तकोशी स्कुललाई ३–२ गोलले हराउँदै शिक्षा सदन सेमिमा पुगेको हो ।
माघ ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ ।
स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिएका छन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको ससचिब जगत बस्नेतले बताए ।
विराटनगर २४ असार–प्रदेश १ माआज १७ जनाकोरोनासंक्रमितथपिएका छन् । आज मोरंङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २÷२ जनामा संक्रमण देखिएको छ । सामाजिकविकास मन्त्रालयकाअनुसार मोरङको लेटाङमा एक पुरुष , धनपालथानमा...
विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद...
विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले सवारीसाधन आवतजावतमा रोक लगाएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले मंगलबार विहान प्रभातफेरी निकालेको हो । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा...
सिरहा, ११ भदौ-सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत...
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि...
विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
काठमाडौं, ८ जेठ-स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने चन्द्रगिरिका उत्तम कार्की थुनामुक्त भएका छन् । जेठ ४ गते स्वास्थकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतले गम्भीर अपराधको मुद्दाबाहेक सामान्य सार्वजनिक अपराध मुद्दामा...