विराटनगर । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धान्जली दिन सोमबार विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
विराटनगर १४ मा रहेको दिव्य ज्योती हस्पिटलले विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । बिपत्ती कम होस भन्ने कामनाका साथ हस्पिटलले दिप प्रज्वलन गरेको हस्पिटलका निर्देशक देवा यादवले बताए । दिप प्रज्वलन कार्यक्रममा हस्पिटलका संचालक तथा सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।
पोखरामा आइतबार भएको यती एयलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ। जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए।
दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। त्यसमध्ये ३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
विराटनगर । शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत हुनुभएको छ । आज विराटनगरमा प्रेस चौतारी नेपाल मोरङ जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरि वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई पुरस्कृत गरेको हो...
गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ९ सय ४७ को पीसीआर गर्दा आज १ हजार ३ सय ८२ संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल...
वीरगन्ज, २१ साउन-पर्सामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका- ८ घर भएर वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।...
विराटनगर, २४ भदौ । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई दोस्रो चरणमा पनि खाद्यान्न वितरण गरेको छ । यसअघि एक महिना अघि २३ साउनमा पनि क्लबले पहिलो चरणमा...
काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले...
काठमाडौं, १ वैशाख-नेपालका होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाईन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हानसहितको वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । 'हामीले...
विराटनगर । विराटनगरमा २५ वर्षीया एक जना किशोरीलाई सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र...