मुक्ति कृषि सहकारीको अध्यक्षमा पुनः आचार्य सर्वसम्मत

 न्यूज विराट
मुक्ति कृषि सहकारीको अध्यक्षमा पुनः आचार्य सर्वसम्मत

विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् । आचार्य स्थापना कालदेखि निरन्तर अध्यक्ष हुँदै आएका छन् । शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन प्रक्रियामा आचार्यसहित कार्यसमितिका उपाध्यक्ष युवराज कोइराला, सचिवमा लोकनाथ फुयाल र कोषाध्यक्षमा लाखबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । ७ सदस्यीय कार्यसमितिको सदस्यमा नवराज भट्टराई, चन्द्रमाया मगर र जमुना अधिकारी (ओझा) चयन भएका हुन् । यस्तै लेखा समितिको संयोजकमा टिका प्रसाद कोइराला तथा सदस्यहरुमा अम्बिका कोइराला र रिना कार्की चयन भएका छन् ।

२०७१ सालमा स्थापित सहकारीले गत आर्थिक वर्षमा डेढ करोड बढीको कारोबार गरेको छ भने ८ लाख ७५ हजार शेयरपूँजी रहेको सहकारीले गत आर्थिक वर्ष २०७८÷०७९ मा २ लाख ७८ हजार ३१७ मुनाफा गरेको छ । चार लाख १ हजार ७२७ रुपैयाँ बराबरको स्थिर सम्पत्ती रहेको सहकारीमा ६६ जना शेयर सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

एजेन्सी, बैशाख २२-कोरोना भाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठान बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो...

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट...

नेपालको नयाँ नक्सापछि कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला, २० साउन-भारतले धार्चुलादेखि कालापानीसम्मको सीमाक्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको संख्यामा एसएसबी र...

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, पहिलो खेलमा युनाईटेड भेट्रान्स क्लब क्वाटरफाइनलमा

विराटनगर । युनाईटेड भेट्रान्स क्लब विराटनगर १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा दुहबी भेट्रान्स क्लब दुहबीलाई १–० गोलले हराउँदै...

संसद सुचारु गर्न माग गर्दै नेकपा सांसदको ज्ञापनपत्र

जनकपुर, फागुन ६–लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको...

प्रदेश १ मा ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि तयारी शुरु

विराटनगर, २७ मङ्सिर । प्रदेश नं १ मा कोरोना भाइरसको नयाँ भेरियेन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच लगायतको अन्य उपायहरुको पुर्व तयारी शूरु गरिएको छ । प्रदेशका भारतसंग जोडिएका सीमा नाकाहरु विराटनगरको रानी, झापाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्