विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा पत्रकार दिपक दाहाल सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बुधबार भएको सहकारीको ११ औँ साधारण सभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा चयन भएका छन् ।यसैगरी, सदस्यमा बाबुराम भण्डारी, शान्ति दाहाल, मुकेश यादव, राजेश राजवंशी, भोजराज घिमिरे रहेका छन् । यसैगरी लेखा समिति संयोजकमा अविनाश कुमार निधि, सदस्यहरूमा हरि अधिकारी र उत्तम पोखरेल रहेका छन् । ११ वर्ष अगाडी स्थापना भएको सहकारीमा १ सय २२ जना सेयर सदस्य पुगेका छन् । सहकारीमा संचारकर्मीहरू मात्र सेयर सदस्य रहेका छन् ।
साधरणसभामा उत्कृष्ट ऋणी र बचनकर्तालाई सम्मान गरिएको छ । श्यामसुन्दर सुतिहार, चिना थापा, भोजराज घिमिरेलगायतलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कदर पत्र प्रदान गरेका थिए ।
प्रदेश प्रमुख खापुङ्गले पत्रकारद्वारा पत्रकारकालगि सञ्चालनमा गरिएको सहकारीलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सहकारीले व्यक्ति, समाज र सिंगो राष्ट्रको उन्नतिमा महत्वपूर्ण योगदान दिने हुँदा सञ्चारकर्मीद्वारा सञ्चालित सहकारी उदाहरणीय हुनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मीलाई आवश्यक उपकरण किन्न सहुलियतमा ऋणको व्यवस्था गर्न सुझाव दिए । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले सहकारी विराटनगर केन्द्रीत मात्र नभइ व्यापक हुन सुझाव दिए ।
सञ्चारकर्मी रूपा सुनारले विभिन्न अनलाइनहरूविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै ९ वटा अनलाइनविरुद्ध उजुरी दिएकी हुन् । काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय...
विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना...
काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...
विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...
विराटनगर । प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १८ झटियाई मुसरीमा टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर – १८ बस्ने १८ बर्षिय नन्दु...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति...
विराटनगर, ३१ साउन–प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ महिला...
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नाप जाँच भएर निस्किएको एउटा ट्याक्टर सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरिएको आशङ्कामा सशस्त्र प्रहरी बल मोरङले विराटनगर १७ आई सिपी रोडबाट एउटा ट्याक्टरमा लोड भएको...