विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालासहित मंगलबार आगोलागी पीडितलाई राहत सामाग्री वितरण गरेका हुन् ।
आगलागी पीडित दुई परिवारलाई नगद जनही २०/ २० हजार र एक परिवारलाई १५ हजार र त्रिपाल, म्याट र कम्बल वितरण गरिएको थियो ।
यसैगरी धनपाल गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार र उपप्रमुख नसिमा वानोले चामल ५० केजी, दाल, तेल नुन, मसला, सावुन लगायतका अन्य खाद्यान्न वितरण गरेका थिए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुबोधकुमार सिंहले त्रिपाल, कम्बल, खाना पकाउने भाँडाको सेट, लगाउन लत्ताकपडा लगायतका सामागी वितरण गरेका थिए । प्रजिअ दाहालले जनताको प्रत्येक दुःखका समयमा सरकारको साथ सहयोग रहने बताए । उनले आगलागी नियन्त्रणका लागि आउने वारुणयन्त्राका लागि सडक अतिक्रमण रोक्न सबैले कतव्र्य भएको बताए । गाउँपालिकाका अध्यक्ष गच्छदारले सबैको सहयोगबाट पीडितका घर निर्माण गरिने प्रतिवद्धता व्यक्त्त गरे । मोरङ दक्षिण क्षेत्रमा रहेको उक्त पालिकाका कैलास, गणेश र भजनलाल मण्डल तीन घरहरु सोमबार राति विद्युत चुहावट आगलागी हुँदा दुई वाख्रा र एक बाझा सहित तीन चौपायाको आगाले जलेर मृत्यु हुनकासाथै रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसले प्रदेश १ का सबै निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन माग गरेको छ । आइतबार प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका निजी तथा सरकारी अस्पतालहरूलाई...
काठमाडौं, ३० वैशाख-भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विरोधमा प्रर्दशनमा उत्रिएका अधिकारकर्मी पक्राउ परेका छन् । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै मानवअधिकारवादी नेता कृष्ण पहाडी, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत ५३ जनालाई पक्राउ गरेको हो । नेपालले...
योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद...
रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो । प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको...
विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गर्नुभएको छ । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले...
विराटनगर, १० चैत । झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा...
लाहन, १८ असोज-कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा...
विराटनगर । विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेशीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले...