भोक्राहा नरसिंह गाउँपालिकाका पूर्व–अध्यक्षले छिमेकीमाथि लखेटी–लखेटी गरे आक्रमण, पक्राउ परेनन मुख्य आरोपी
मङ्गलबार, २६ पुष, २०७९,
न्यूज विराट
विराटनगर । जग्गा विवादको निहुँमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्षसहितको समूहले उनकै छिमेकीमाथि निर्घात कुटपिट गरेको छ।
गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले जग्गा विवादको निहुँमा मंगलबार बिहान ११ बजेतिर छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट गरेको हो।
कुटपिटबाट एकै परिवारका सात जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ।
यादवको समूहबाट घाइते हुनेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकका ४५ वर्षीय राजकुमार मण्डल, सोही ठाउँका ५५ वर्षीय सत्यनारायण मण्डल, ३६ वर्षीय पवन मण्डल, ४५ वर्षीय सुवर्ण मण्डल, ४५ वर्षीय देवकीदेवी मण्डल, ७६ वर्षीय गौरी देवी मण्डल र २४ वर्षीया रन्जनाकुमारी मण्डल छन्।
उनीहरूको उपचार विराटनगरस्थित न्यूरो हस्पिटलमा भइरहेको छ। घाइतेमध्ये सबैभन्दा गम्भीर अवस्था ४५ वर्षीय राजकुमार र पवनको छ। राजकुमारको टाउकोमा रगत जमेको चिकित्सकले बताएका छन्। पूर्व अध्यक्ष यादवको आक्रमणबाट सत्यनारायणको दाहिने हात भाँचिएको छ। यस्तै पवनको टाउकोमा गहिरो चोट लागेको कारण ९ टाँका लगाउनुपरेको छ।
सुवर्णको देब्रे हात काटिएको छ भने गौरीदेवीको ढाडमा र रन्जना कुमारीको तिघ्रामा गहिरो चोट लागेको छ। घाइते हुनेहरू एकै परिवारका सदस्यहरू हुन्। उनीहरूमाथि आक्रमण गर्ने सबै महेन्द्र यादवका छिमेकी हुन्।
घाइतेका आफन्त देबकुमार मण्डलका अनुसार महेन्द्र यादवसहित, जीत नारायण यादव, लक्ष्मी यादव, जयप्रकाश यादव, दिपक यादव, राजकुमार यादव, रामदेव यादव, ढुनाइ यादव, विरेन यादव र ओमप्रकाश यादवले रड, भाटा, मुङग्रोले लखेटी लखेटी आक्रमण गरेको आरोप लगाएका छन्।
आक्रमणको आरोप लागेका महेन्द्र यादवले दाजु ढुनाइ यादवले वर्षौदेखि भोगचन गर्दै आएको आफ्नो जग्गा जोत्न जाँदा विपक्षीहरूले रोकेपछि झडप मात्र भएको बताए।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटनाको अनुसन्धान गर्न घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाएको बताए । ‘झगडा हुने बितिक्कै प्रहरी टोली घटनास्थलमा पुगेको छ । अहिले जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली गएको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ अहिले घटनामा संलग्न भएकोले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पनि सुरू गरिएको उनले बताए । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । ‘अहिले हामीले अनुसन्धान सुरू गरिएको छ,’ एसपी ढकालले भने, ‘अनुसन्धान पवछि थप विषय खुल्नेछ ।’
काठमाडौं, १० जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट...
विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले तत्काललाई सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् । एक हप्ता अगाडी मोरङ प्रहरी प्रमुख भएर कार्यभाव समालेपछि सोमबार संचारकर्मीहरूसँग परिचयत्मक कार्यक्रममा बोल्दै उनले तत्काललाई...
विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् l टिभिएसको २ लाख ५६ हजार ९ सयको राइडर बाइक खरिद गर्दा...
विराटनगर, फागुन १८–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । विराटनगरमा आगामी चैत २२ गते हुने महासंघ मोरङको २२ औँ जिल्ला भेला तथा १२ औँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको...
राँझा, २७ वैशाख-नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन...
विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको आमन्त्रित प्रदेश सदस्यमा अमरेन्द्र कुमार साह मनोनीत भएका छन् । मोरङको सुनवर्षी निवासी साह संग मोरङको निर्वाचन क्षेत्रनम्बर २ का उम्मेदवार सुजाता कोईरलाले निर्वाचनको बेला गरेको सहमति अनुसार साहलाई...
तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामाग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाईरस (कोभिड–१९) परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य समाग्रीको गुणस्तरमा प्रश्न उठेपछि तीब्बतले बाटाेमै राेकिदिएकाे हाे ।...