प्रदेश १ का मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ

 न्यूज विराट
प्रदेश १ का मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गबाट सोमबार मुख्यमन्त्री कार्कीले शपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसँगै अन्य तीन मन्त्रीले शपथग्रहण गरेका छन् ।
मुख्यमन्त्री कार्कीसँगै पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा एमालेबाट तीलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले लिएका छन् । उनीहरू अहिलेलाई बिना विभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।


प्रदेश प्रमुख कार्यालयमा आइतबार साझ मुख्यमन्त्री पदमा कार्कीले दाबी पेस गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको १ जना गरी ६० जना सांसदको समर्थन रहेको छ ।

सम्बन्धित समाचार

भारतमा आइतबारको तुलनामा सोमबार कोरोना संक्रमित घटे

एजेन्सी, जेठ १३-भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतबारको तुलनामा सोमबार संक्रमित केही कमी देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो...

विराटनगरमा बल्ल सुरु भयो मतगणना

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको मतगणना सुरु भएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिएपनि केहीबेर अघिदेखि सुरु भएको हो । उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको...

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ-नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा च्याउ खेती तालिम प्रदान

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन च्याउ खेती तालिम प्रदान गरेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–२ का ३० जना महिला तथा युवतीहरुलाई दिवसको...

नेवार सामुदायमा सामूहिक बेलविवाह

विराटनगर । दुलही झैँ सिगारिएकी साना बालिकाहरूको लस्कार छ । बेलविवाहको मण्डपमा सरिक भएकी बालिकाहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छ ।विराटनगस्थित झि : पुचमा बिहीबारदेखि सुरू भएको सामूहिक...

प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको...

नेकपा सचिवालय बैठक भोलि बस्दै

काठमाडौं, १६ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा शनिबार बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको  बताइएको छ । उनीहरूबीच सरकारले...

मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्