निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित
सोमबार, १८ पुष, २०७९,
न्यूज विराट
विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको विराटनगर ६ मा एस.एस. निर्माण सेवा रहेको छ ।
महेश कुमार मिश्र
समितिको प्रथम उपाध्यक्षमा धुर्वराज कार्की, द्वितिय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तमराज जोशी, सचीवमा राधेश्याम कट्टेल, कोषअध्यक्ष दाताराम पौडेल र सह कोषअध्यक्षमा संजय कुमार यादव निर्विरोध निर्वाचित भएका छन् । समितिको अन्य सदस्यहरूमा नवीन प्रसाद दाहाल, धिरज प्रताब कार्की, हरेराम कामत, राज कुमार कार्की (राजु), दुस्यन्त पौडेल, भोजराज पोखरेल र बद्री प्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सोमबार संघको भवनमा निर्वाचन आयुक्त रुपेश कोइरालाले प्रमाणपत्र वितरण गरेका छन् । निर्वाचन समितिले पुस १५ गते निर्वाचन तालिका सार्वजानिक गरेको थियो । संघको विधान अनुसार पदाधिकारीमा ७ र सदस्यहरूमा ७ जनाको मात्र उम्मेदवारी परेको र कसैको पनि दाबी विरोध नपरेको कारणले विधान सम्मत उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त कोइरालालले बताए ।
एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो । वर्षाको कारण समयमा...
विराटनगर । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच उपचारमा सौलियत दिन सम्झौता भएको छ । विराटनगर हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र कर्मचारी सँग आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका...
विराटनगर । विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित...
विराटनगर । स्थापना कालदेखिनै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर समाजवाद नआउने टिप्पणी गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने ओलीको भनाइ थियो ।...
विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ घर भएका ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको फरुवा प्रयोग गरेर हत्या भएको खुलेको छ ।ऋषिदेवको सोमबार बिहान टाउको छुटिएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो...
विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...
विराटनगर, २० असोज–प्रदेश १ पछिल्लो २४ घण्टामा ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा दुई सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा तीन, उदयपुरमा दुई,...