विराटनगरमा तीनदिने सडक महोत्सव हुने, ४० वटा स्टल रहने

 न्यूज विराट
विराटनगरमा तीनदिने सडक महोत्सव हुने, ४० वटा स्टल रहने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव हुने भएको छ । माघ १२ देखि १४ गतेसम्म सडक महोत्सव हुने भएको हो ।

तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै सांस्कृतिक कार्यक्रमहरू हुने विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मन्जिना मूभिज क्रिएसनको आयोजनामा हुन लागेको महोत्सवमा ४० वटा स्टल रहने आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । साँस्कृति परम्पराको प्रवद्र्धन गर्दै हुन लागेको सडक महोत्सवमा नेवारी, राजवंशी, मैथिली, लिम्बुलगायतका विभिन्न जातजाति तथा सामुदायहरूको खानाको परिकारहरू रहनेछ । ‘एतेहासिक तथा सांस्कृतिक नगरी विराटनगरको एतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै साँस्कृतिक परम्पराको प्रवद्र्धन गर्न सडक महोत्सव गरिएको हो,’ उनले भने, ‘विभिन्न सामुदायको खानाको परिकारसँग दैनिक साझमा हुने स्थानीय र राष्ट्रिय स्तरका कलाकाहरूको प्रस्तुतीले थप मनोञ्जन प्रदान गरिनेछ ।’


सडक महोत्सवमा दैनिक कलाकाहरूको नृत्य, गायन पनि प्रस्तुती हुनेछ । जहाँ खानाको परिकारसँग सडकमै बसेर सहभागिहरूले रमाइलो गर्नेछन् ।

सडक महोत्सवको तयारीबारेमा जानकारी दिदै आयोजक ।

सम्बन्धित समाचार

फरार कैदी समात्ने प्रहरी निरीक्षक प्रकाश थापासहित चार प्रहरी पुरस्कृत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...

धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको कोरोना रिपोर्ट पोजेटिभ

धनगढी, ४ वैशाख=धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोड स्वाबको नमुना परीक्षण गर्दा २ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । सुदूरपश्चिम...

दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता, स्वागतमा बिमानस्थल पुगे खेलकुद मन्त्री

काठमाडौं, कात्तिक १ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग...

कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...

नेकपाभित्रको विवादबारे मुख खोले महराले

काठमाडौं, १७ वैशाख-पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवादबारे पहिलोपटक मुख खोलेका छन् ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहँदा मौन रहँदै आएका महराले विज्ञप्ति जारी गरेर दलहरुबीच आन्तरिक एकता कायम गरी संवाद, सहमति...

ओली अराजक बन्दैछन्ः डा शेखर कोइराला

विराटनगर, ३ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप लगाएका छन् । आज विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाजको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले प्रधानमन्त्री...

नागरिकता विधेयक फेरि जस्ताकाे त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनकाे निर्णय

सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएकाे नागरिकता सम्बन्धी विधेयक फेरि जस्ताकाे त्यस्तै दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ । यसअघि दुवै सदनबाट पारित भएकाे विधेयक प्रमाणीकरणका लागि पेस गर्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्