नशासम्बन्धी उपचारमा आर्या न्यूरोको फड्को, मेरूदण्ड भाचिएको विरामीको सफल उपचार

 न्यूज विराट
नशासम्बन्धी उपचारमा आर्या न्यूरोको फड्को, मेरूदण्ड भाचिएको विरामीको सफल उपचार

विराटनगर । विराटनगर – ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात पारेको हो ।

भोजपुरकी ३० वर्षीय सृजना तामाङ्गको मेरुदण्ड भाचिएर च्यापिएको नशाको आर्यान्युरो हस्पिटलमा सफल उपचार भएको छ । काम गर्ने क्रममा घरबाट लडेर तामाङ्गको मेरुदण्ड भाचिएर नशा च्यापिएको थियो । नशा च्यापिएको कारणले उनका दुवै खुट्टा नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगरको हस्पिटल आइन् । विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्यूरो हस्पिटल आएकी थिइन् । आर्या न्यूरो आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया गरेर च्यापिएको नशा खुलाएको थियो । २८ दिन हस्पिटलमा बसेपछि उनको डिस्चार्ज भएको छ ।
उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’

उपचारमा संलग्न चिकित्सक डा. नेपालले शल्यक्रियापछि विरामीले नियमित थेरापी गरेपछि अहिले राम्रोसँग हिडडुल गर्नसक्ने भएको बताए । ‘मेरुदण्ड भाचिएर नशा च्यापिएको विरामी राम्रोसँग हिडडुल गर्न सक्दैनन् । पिसाव पनि लागेको थाहा हुदैन । लडेको एक हप्तापछि हस्पिटल आएकोले हामीले तुरुन्त शल्यक्रिया गरिम । च्यापिएको नशा खोलियो । ३ देखि ४ महिनासम्म थेरापी गरेपछि अहिले ठिक भएको छ,’ डा. नेपालले भने, ‘मेरुदण्डको स्प्यानल क्यानल’ हुने गरेको हुन्छ । हातखुट्टा चलाउने नशाहरु तेही जोडिएको हुन्छ । त्यही भएर नशा च्यापिएको विरामीको चाँडै उपचार गरिनुपर्दछ । चाँडै उपचार गरे रिकभर हुन्छ । नशा पुरै ड्यामेज भयो भने त्यसलाई रिकभर गर्न ढिलो हुने गर्दछ ।’

यसरी आर्या न्युरोमा अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ न्यूरो सर्जन देखि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिमले गरेको उपचारको कारणले पछिल्लो समय फड्को मारेको छ । यो अस्पतालमा अहिले टाउँको, नशा सम्बन्धी सम्पूर्ण उपचार र जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।

सम्बन्धित समाचार

सुख दुःखमा जीवन विकासको साथ

विराटनगर । बिहीबार दिउँसो ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुना कुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तिय संस्था झोराहाट शाखाकी प्रमुख सृजना खवास सहयोगी कर्मचारीसहित झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स,...

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, पीसीआर परीक्षण हुँदै

पोखरा, २१ असार-बागलुङमा क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । बागलुङस्थित ढोरपाटन नगरपालिका–४ को क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको हो । निसिखोला गाउँपालिका–२ देविस्थान घर भएका २९ वर्षका युवा फोक्सोमा समस्या देखिएपछि भारतबाट उचपार...

दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित

काठमाडौं, ३१ जेठ-देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ ।  भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा...

विराटनगर–८ मा एमालेका राम पोखरेलको प्यानलै निर्वाचित

विराटनगर, ६ जेठ । विराटनगर–८ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका राम पोखरेल वडाध्यक्षमा निर्वाचित भएका छन् । उनीसहित उनका टिमका सवै निर्वाचित भएका हुन् । यसअघि नेपाली कांग्रेसले प्यानलै जितेको वडा नं....

प्रहरीद्धारा १२ लाखको अवैध सामान बरामद

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौं, १९ साउन-प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई  समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकमा ‘तेजाब आक्रमण, पीडितको अवस्था र...

प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर, १० साउन–प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १÷१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २...

ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो । वर्षाको कारण समयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्